•            
    • Hikmat Dangol

    • १४ जेष्ठ २०७८, शुक्रबार ११:०२

    लस एन्जलसको ‘बिलबोर्ड म्युजिक अवार्ड’ मा प्रियंका

    टोखा लाइभ ।२०७८ जेठ १४ गते ।

    एजेंसी। अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस हमेशा चर्चामा छाउने गर्दछन् । प्रियंका जब पति निकका साथ रेड कार्पेटमा उत्रिने गर्दछिन्, उनको विशेष चर्चा हुने गर्छ । उनी आफ्नो लुक्स र स्टाइलिश अन्दाजले सबैको मन जित्दै चर्चाको केन्द्रसमेत बन्दछिन् । यो जोडीको तस्बिर सार्वजनिक हुने बित्तिकै इन्टरनेटमा सबैतिर छाउने गर्दछ ।

    अहिले फेरि यो जोडी तस्बिरका कारणले चर्चामा छाएका छन् । तस्बिर बिलबोर्ड म्युजिक अवार्ड २०२१ को दौरानमा खिचिएको हो । अवार्ड २३ मे मा अमेरिकाको लस एन्जलसमा आयोजना भएको थियो ।

    लुक्सको कुरा गर्ने हो भने तस्बिरमा प्रियंका न्युड कलरको शिमरी थाई हाई स्लिट आउटफिटमा बोल्ड देखिएकी छन् । यो ड्रेसमा उनको क्लीवेजसमेत देखिएको छ ।

    बिलबोर्ड म्युजिक अवार्डमा प्रियंका उनका पति निक जोनसको साथका लागि मात्र पुगेकी थिइनन् । अवार्डमा उनी प्रस्तोताको रुपमा समेत सहभागी थिइन् ।

    Facebook Comments

  • सम्बन्धित खवर

    चर्चा बटुल्दै काजल

    ‘केजीएफ च्याप्टर-२’ को टिजर रिलिज:-

    उवर्शीको पारिश्रमिक ४ करोड

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै