•            
    • Hikmat Dangol

    • १६ फाल्गुन २०७७, आईतवार ०५:१५

    दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा स्वस्तिमा

    टोखा लाइभ ।२०७७ फागुन १६ गते

    काठमाडौं । नायिका स्वस्तिमा खड्का दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भएकी छन् । उनी चलचित्र ‘थिरिमाली’मा अनुबन्धित भएकी हुन् । कलाकार छनौटको लागि नेपाल आएको निर्माण टोलीले स्वस्तिमालाई चलचित्रका लागि अनुबन्ध गरेको हो।

    नेपालको तर्फबाट ‘थिरिमाली’मा सहकार्य गर्न लागेका अनन्या फिल्मस्का सञ्चालक सरोज न्यापाने चलचित्रमा स्वस्तिमा अनुबन्धित भएको बताएका छन । चलचित्रलाई दक्षिण भारतीय कम्पनी एञ्जल मारिया सिनेमाज्ले निर्माण गर्दैछ ।

    चलचित्रको छायांकन अर्को महिनादेखि सुरु हुने बताइएको छ । राजीव सेट्टीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत छायांकन नेपाल र बाँकी ३० प्रतिशत छायांकन भारतमा गरिनेछ । चलचित्रमा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगाटीको मुख्य भूमिका छ । चलचित्रमा खड्काको भूमिकाबारे खुलाइएको छैन ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै