•            
    • Hikmat Dangol

    • १४ जेष्ठ २०७७, बुधबार १५:४६

    संसार हल्लाउने शीर्ष रक ब्याण्डका गायकहरु

    प्रस्तुती ः हिकमत डंगोल
    आज भोलिका युवा पिढीहरु रक एण्ड रोलको गीत संगीतबाट प्रभावित मात्र छैनन कि उनीहरु यस गीतबाट नृत्य पनि प्रस्तुती गर्दै समष्टिगत रुपमा चाल र हाउभाउले मन्त्रमुग्ध पर्ने खालको चाहना गर्दछन् । हलिउडको संगीत व्यापक रहेकाले यसमा आ–आफ्नै श्रोता र प्रशंसकहरु रहेका छन् । आज अमेरिका र यूरोपमा मात्र नभई विश्वमै रक संगीत सफलताको चरम चुलीमा पुगेका छन् र रक गीतका रेकर्डहरुले सम्पूर्ण व्यवसायको नयाँ कीर्तिमान पनि कायम गरेका छन् । जसले ६० को दशकदेखि महान गायकहरु मनोरञ्जनको सीमा भन्दा बाहिर गएर अहिलेसम्म पनि टिनेजरहरुलाई रक संगीतले प्रभाव पारिरहेका छन् ।
    आज तीनै महान गायक र रक एण्ड रोल ब्याण्डका बारेमा तल प्रस्तुत गरिएको छ ।

    रबर्ट प्लान्ट


    १. रबर्ट प्लान्ट (रक एण्ड रोल गाउने गायक)
    सन् १९६८ मा लन्डनमा स्थापना गरिएको लिड जिपलिन ब्याण्डका प्रमुख गायक हुन् रबर्ट प्लान्ट । यस समूहमा गितार बादक जिमी पेज, बासिस्ट÷कीबोर्डमा जोन पाल जोन र ड्रमरमा जोन बोनह्म थिए । गायक रबर्टले अमेरिकी ब्ल्याक सवाथ र डीप पर्पलका गायकहरु जत्तिकै चर्चा बटुलेर लोकप्रिय भएका थिए । गायक रबर्टले भारी धातुको प्रबर्तकको रुपमा ब्लुज शैलीमा लोक गीत सहित विभिन्न भाकामा गाउन माहिर थियो । पछि लिड जिपलिनले एटलाण्टिक रेकर्डस्सँगको सम्झौतामा हस्ताक्षर गरेर थुप्रै गीतहरु श्रोतामाझ प्रस्तुत गरे । शुरुमा यो समूह श्रोताहरुमाझ अलोकप्रिय बनेको थियो । पछि ७० को दशकमा आएर ८ वटा एल्मब रिलिज पश्चात श्रोताहरुको ढुकढुकीमा बस्न सफल रहे । यो समूहको शीर्षक विहिन चौथो एल्बम जसलाई लिड जिपलिन क्ष्ख् को रुपमा चिनिन्छ र सोही एल्बमको हिट गाना ूक्तबष्चधबथ तय ज्भबखभलू ले लोकप्रियता कायम गर्न सफल रह्यो । सन् १९६८ मा गीतार बादक जिमी पेजले रबर्ट प्लान्टको अडिसन लिएपछि लिड जिपलिन समूहमा आबद्ध गरेका थिए । त्यसपछि रबर्टले एक दशक जति हिट गाना दिएपछि यस समूहका एल्बम ३ सय मिलियन भन्दा बढी बिक्री गरेर रेकर्ड राखेको थियो । सन् १९८० मा यो समूह छिन्न भिन्न भएपछि रबर्ट प्लान्टले एकल सफल गायनको करियर शुरुआत गरेका थिए ।

    फ्रेडी मर्करी


    २. फ्रेडी मर्करी
    सन् १९६१ मा क्वीनका गायक स्माइलले “क्वीन” ब्याण्ड छाडेर गएपछि फ्रेडी मर्करी यस ब्याण्डमा सामेल भए । सन् १९७३ मा यो समूहले पहिलो एल्बम रिलिज गरे । तर एल्बम त्यति चलेन । तैपनि फ्रेडी मर्करीको जादुमय स्वरका कारण यस समूहले छुट्टै पहिचान बनायो । सन् १९७४ मा आफ्नै नामबाट “क्वीन” एल्बम निकाल्यो । यो एल्बम निकै हिट भयो । उक्त एल्बमको “सेभेज सिइज अफ राइन” का गीतले रक ब्याण्डहरु मध्ये उनीहरु सर्वश्रेष्ठ ठहरिए । यही गीत ब्रिटिश चार्टको प्रथम स्थानमा रहन सफल भयो । जसका कारण “क्वीन” समूहले सांगीतिक बजारमा ठूलो ब्रेक पायो । साथै यिनीहरुका अरु दुईवटा “ओग्री ब्याटर” र “द फेयरी फिलर्स” बोलको गीतले धमाका मच्चाएपछि उनीहरुले अमेरिका टुर गर्ने अवसर पाए । सन् १९७५ मा निकालिएको एल्बम “अ नाइट एट द ओपेरा” रिलिज भएपछि यिनीहरु सबै भन्दा सफल ब्याण्डको रुपमा आउन थाल्यो । फ्रेडी मर्करी यस्तो क्लासिक गानाहरुमा प्रमुख गायक हुनुहुन्थ्यो जसका लागि फ्रान्सले समेत प्रशंसा ग¥यो ।
    फ्रेडी मर्करीले गाएका गीतहरुमध्ये “यु आर माइ बेस्ट फ्रेन्ड”, “सम बडी टु लभ”, “वी आर द च्याम्पियन्स”, “क्रेजी लिटिल थिङ्ग”, “कल्र्ड लभ” आदि गीत सर्वाधिक हिट भए । सन् १९७६ मा क्वीनले लन्डनको हेड पार्कमा कन्सर्ट ग¥यो । सो कन्सर्ट ५० हजार दर्शकहरुले अवलोकन गरे । ८० को दशकमा आएर यो समूहले विद्युतीय संगीत प्रयोग गर्न थाल्यो । सन् १९८२ मा गायको “स्पेस” गीत हिट भयो । त्यसैगरी सन् १९८४ मा निकालेको “अन्डर प्रेसर” पनि हिट भयो । सो गीत बीलबोर्डको टपटेनमा पर्नुका साथै ग्रेमी अवार्ड पनि हासिल गर्न सफल भयो । अन्डर प्रेसर एल्बम विश्वभरी ६० लाख प्रति बिक्री भएपछि फ्रेडी मर्करी विश्वकै उत्कृष्ट गायकको रुपमा देखिन पुग्यो ।
    सन् १९९१ मा सांगीतिक भ्रमणका लागि निस्किएको बेला फ्रेडी मर्करीको स्वास्थ्यमा समस्या आउन थाल्यो । स्वास्थ्य परिक्षणपछि उनी एड्सबाट पीडित भएको थाहा भयो । अन्नतः नोभेम्बर २२ का दिन एड्स रोगका कारण उनको दुःखद निधन भयो ।


    ३. मिक ज्यागर
    मिक ज्यागर “रोलिङ स्टोन्स” ब्यान्डका प्रमुख गायक हुन् । उनको बारेमा एउटा चर्चित भनाई छ, “जब मिक ज्यागर गाउन थाल्छ, तब तपाई ननाची बस्नै सक्नुहुन्न ।” सन् १९६२ जुलाई १२ मा स्थापना भएको “रोलिङ स्टोन्स” ब्यान्ड विशेष गरी लाइभ पर्फमेन्सबाट चर्चित छ । गायक मिक ज्यागर सो समूहमा रहेर अमेरिका, बेलायत, अस्ट्रेलिया, यूरोप र एशियाको विभिन्न स्थानमा गएर लाइभ कन्सर्ट गरि सकेको छ । सन् १९६५ मा रिलिज गरिएको गीत “आइ कान्ट गेट नो” गीतले मीक ज्यागरलाई लोकप्रिय बनाइदियो । त्यसै गरी “पेन्ट इट ब्ल्याक” गीतले उनलाई अझ चर्चाको शिखरमा पु¥याइदियो । मिक ज्यागरलाई रोलिङ स्टोनको मुटु मानिन्छ । उनकै गीतले “रोलिङ स्टोन्स” बाचेको छ । यस ब्यान्डका एल्बमहरुमा एन्जाइ, इट्स रक एन्ड रोल, हट स्टफ र रेस्पेक्टेवल निकै हिटमा गनिन्छ ।
    सन् २०१६ मा रिलिज गरेको एल्बम “ब्लु एण्ड लोनसम” हिट भई विलबोर्ड चार्टको चौथो स्थानमा परेको थियो । मिक ज्यागर आफ्नो तीन सहकर्मीमाझ अहिले पनि निरन्तर गीत गाइरहेका छन् । मिक ज्यागरले ड्रग सेवन गरेका कारण दुई महिना जेलमा विताउनु परेको थियो ।


    ४. पलमार्क कर्टनी
    सन् १९४२ मा लिभरपुलमा जन्मिएका पलमार्क कर्टनीले जोन लेनन्सँग मिलेर बिटल्स ब्याण्ड स्थापना गरेका थिए । उनले प्रारम्भिक दिनमा आफूलाई उत्कृष्ट रक गायकको रुपमा सावित ग¥यो । सन् १९६० को जाडोमा बिटल्सले लेथेटल टाउन हलमा कन्सर्ट दिए । जसले उनीहरुलाई ठूलो ढोका खोल्यो । सन् १९६८ मा ह्वाइट एल्बम रिलिज ग¥यो । जुन करोडौंको संख्यामा विक्री भएर विश्व रेकर्ड राख्यो । पलमार्कले यस्तो जादुमय संगीत ल्याए जुन सुनेर सबै केटीहरु उस प्रति पागल भए ।
    पल विश्वकै धनी गायक एवम सफल कम्पोजर मानिन्छ । सफलताको शिखरमा पाइला चलिरहेको बखत उनले सन् १९५० मा बिटल्ससँग सम्झौता रद्द गरे र सन् १९७१ मा सोलो करिअरमा लागे । सन् १९६८ मा रक फोटोग्राफर लिन्डा ईस्टम्यानसँग विवाह गरेका पलको ३ छोरा छोरी जन्मिएका थिए । लिन्डाको स्तन क्यान्सरको कारण मृत्यु भएपछि पलले सन् २००२ मा मोडल हथर मिल्ससँग विवाह गरे । जसले एउटी छोरीलाई जन्म दिइन् तर सन् २००६ मा सम्बन्ध विछोड भएपछि उनले आफ्नो पत्नीलाई २४ मिलियन पाउण्ड भुक्तानी गर्न बाध्य
    भयो । त्यसैगरी सन् २०११ मा पलले ४७ वर्षिय अमेरिकी नेन्सी शिवलसँग तेस्रो विवाह गरेका थिए । उनी हालसम्म पनि निरन्तर रुपमा गाउँदै आइ रहेका छन् । जुन कोहीसँग पनि तुलना हुन सक्दैन ।


    ५. जेनिस जोलिन
    उनको गाउने शैलीले उनको सबैभन्दा प्रशंसित गायिकाहरु मध्ये एक मानिन्छ । जब जेनिसले मधुर शब्दयुक्त गीतहरुमा संगीत छोड्छिन त्यसबेला स्टेजमा उनीसँग लाखौं युवतीहरु नाचेकी हुन्छिन् । जेनिसको पहिलो रक ब्याण्ड “बिग ब्रदर” मा गायिकाको रुपमा प्रसिद्ध
    पाइन । उनले सोलो गायनमा अझ सफलमा पाएकी थिइन । उनको अन्तिम गीत “अ वुमन लेफ्ट लोन्ली” रेकर्ड गराएर होटलमा फर्केकी जेनिस जोलिनले त्यस रात अत्यधिक हिरोइन सेवन गरेकी थिइन । प्रेमीले हेला गर्ने भएकोले सधै पीडामा हुने जेनिस त्यस रात सुई मार्फत नशामा हिरोइन चढाएर होटलको कोठामा सुतेकी थिइन् । अक्टोवर १९७० मा २७ वर्षको उमेरमा उनको दुःखद मृत्यु भएको थियो । रक गायनमा दक्षता हासिल गरेकी जेनिसको एल्बम “पर्ल” ले बिलबोर्ड चार्टको प्रथम स्थान हालिस गरेको थियो ।


    ६. ब्रुस स्प्रीङटिन
    बु्रस स्प्रीङटिनको विशिष्ट आवाजको कारण अमेरिकामा सबैभन्दा हिट मानिने रक स्टारको नाममा चिनिन्छ । उनी गायक, गीत लेखन, म्युजिक कम्पोजरको साथै “ई स्ट्रीट” ब्याण्डका गायक पनि थिए । उनले सन् १९७० मा गाएको गीत “बर्न टु रन” ले सर्वाधिक हिट भई दर्जनौं अवार्ड जित्न सफल भएको थियो ।
    बु्रसका गीतहरु प्राय अमेरिकी श्रमिकको अनुभवको वरिपरी केन्द्रित छन् । बु्रसका एल्बम विश्वभरी १२० मिलियन भन्दा बढी विक्रि भई रेकर्ड कायम गरेको छ । उनी सन् १९८९ सम्म “ई स्ट्रीट ब्यान्ड” विघटन नहुन्जेल त्यसका सदस्य थिए । ब्यान्ड विघटन भएपछि ६ वर्ष जति गुप्तबास बसेका थिए । हाल ७० वर्ष भई सकेका बु्रस आफैले गीत रच्छन् । सन् २००९ मा उनी क्यानेडी केन्द्रबाट सम्मानित भएका थिए भने सन् २०१६ मा उनलाई स्वतन्त्रताका दिन राष्ट्रपतिबाट सम्मानित गरियो । ब्रुसको मौनता कालमा रक संगीतको बस्तु स्थिति अहिले निकै परिवर्तन भैसकेका छन् ।


    ७. एक्सल रोज
    “गन्स एन रोजेज” ब्यान्डका प्रमुख गायक एक्सल रोजले एल्बम रिलिज नगरेको धेरै वर्ष भै सक्यो । उनको झट्ट गीत सुन्दा कुनै छनक नपाए जस्तो अनुभुति भएपनि गीतले धेरै भाव बोकेको हुन्छ । पृथ्वीमा बढ्दै गई रहेको महा विनालाई लिएर गाएको गीती एल्बम “स्पेटेट” ले विश्वभरी ५६ करोड ३० लाख अमेरिकी डलर कमाउन सफल भएको थिए । एक्सल रोज शुरुमा लागु औषध सेवन गरेका कारण २५ पटकसम्म पक्राउ गरिएको थियो । उनले धेरै पटक जेलमा बस्दा सरसफाई काम गरी सेवा गरेका थिए । सन् १९८२ मा लस एन्जलस पुगेका एक्सलले सन् १९८५ मा “गन्स एन रोजेज” ब्यान्ड स्थापना गरे । यस ब्यान्डलाई अमेरिका भरीमा एक महत्वपूर्ण ब्यान्डका रुपमा स्थापित गरे ।
    सन् १९१६ मा एसी डीसी ब्यान्ड भित्रै कलह भैरहेको बखत एक्सलले नेतृत्व गरी गीत गाउन शुरु गरेका थिए । केही टुरमा पनि निस्केका थिए । गत वर्ष उनले निकालेको गीत “रक द रक” हुन् । हाल कुनै पनि टुर नगरेका “गन्स एन रोजेज” मौन रुपमा बसेका छन् । यसको अस्तित्व छ छैन अहिलेसम्म खुलस्त हुन सकेको छैन ।


    ८. एन विल्सन
    गायिका एन विल्सन र उनको बहिनी गिटारिस्ट नैन्सी विल्सनद्वारा स्थापित ब्यान्ड “हार्ट” मा आबद्ध भएर रक गीत गाएर बढी चर्चामा आउने गायिकाको रुपमा लिन सकिन्छ । सन् १९५० जन्मिएकी गायिका एन विल्सनले संसार भरी २० मिलियन भन्दा बढी एल्बमहरु बेचेका छन् । उनले सांगितिक भ्रमणको बेला विभिन्न देश घुमिन् । सन् १९७६ मा “लभ अलिभ” ले ५ हप्तासम्म विलबोर्डको प्रथम स्थानमा रहेका थिए भने सोही साल रिलिज भएको म्याजिक म्यान गीत अमेरिकी काउन्ट डाउनको पहिलो स्थानमा रह्यो । अहिले सम्म हार्ट ब्यान्डले गाएका गीतहरु सन् १९७०, १९८०, १९९० र २०१० मा बिलबोर्डको हर २०० मा समावेश हुन पुगेको थियो । सन् २०१८ को फ्रेवुअरीमा रिलिज भएको एल्बम इमोर्टलले निकै तहल्का मच्चाएको थियो । आफ्नो समयमा निकै रुपवान गायिकाको रुपमा चिािन्छन् एन विल्सन ।


    ९. डेबिड बोवी
    डेबिड बोवी ७० र ८० दशकको प्रभावशाली रक गायक मानिन्छ । उनी सन् ७० को समयमा ग्याम रक आइकनको रुपमा परिचित थिए । उनले सन् ८० को दशकमा गाएका गीतले उनको छविलाई निकै माथि पु¥याएको थियो । उनको सर्वश्रेष्ठ गीतहरुमा क्रोनिकलाँजिकल, सुपर क्रेप्स, आउट फायर र ब्लु जीन आदि छन् । उनको यी गीतहरुले अमेरिकी रक संगीतमा अद्वितीय शैली मानिन्छ । “मलाई कहिल्यै तल नदिनुहोस्” बोलको गीतले अहिले पनि टिनेजर युवा माझ प्रेम दिवसको दिन धेरै फरमाइसमा बजेर मनाउने गरेको छ ।


    १०. बब डायलन
    आफू र आफ्नो संगीतमा निकै विश्वास राख्ने बब डायलनको छुट्टै विशिष्ट सांगितक विधि छ । जसलाई उनी आफ्नो भनी गर्भ गर्न रुचाउँछन् । सन् १९४१ को मे २४ मा जन्मिएका बब डायलनले ६० को दशकमा ठूलो सफलता हासिल गरेका थिए । सन् १९६३ मा गाएको गीत “ग्लोइन इन द वाइन्ट” ले एक नम्बरको स्थान प्राप्त गर्नुका साथै ग्रामी अवार्डको लागि पनि मनोनयनमा परे । यसको साथै बब आफैले रचेको गीत “द टाइम्स दे आर अ चेन्जिङ्ग” राष्ट्रियस्तरको गीत बन्न पु¥यो ।
    बब डायलन रक एण्ड रोलको “हल अफ फेम” को एक सदस्य हो । उनलाई २०१६ मा साहित्यको लागि नोवेल पुरस्कारबाट सम्मानित गरियो ।


    ११. बोनो


    आफ्नो संगीत मण्डलीको छुट्टै पहिचान राख्न सफल आयरल्याण्डका यु–टु गायक बोनोको वास्तविक नाम पाल डेबिड ह्यूसन हो । तरपनि उनी बोनोको नामबाट संसारभरी प्रख्यात
    छन् । यु–टुले अहिलेसम्म २२ वटा ग्रामी अवार्ड जित्नुको साथै विश्वभरी १५० मिलियन भन्दा बढि एल्बमहरु बेचेको छ । सांगीतिक बजारमा ५ करोड भन्दा बढी प्रति एल्बम बिक्री भएवापत प्रदान गरिने “गोल्डेन प्लाटिनम अवार्ड” उनका सबै एल्बमहरुले प्राप्त गरेका छन् । पैसा नै सबथोक होइन भन्ने धारणा बोकेका बोनोले १५ वर्षदेखि विपन्न मुलुकहरुलाई ऋणबाट मुक्ति दिलाउन संयुक्त राष्ट्रसंघसँग वार्ता गरी तेस्रो विश्वलाई जोगाउने उनको प्रयासको प्रशंसा गरिएको थियो । बोनोले ८० को दशकमा कन्सर्ट गरी त्यसबाट प्राप्त भएको पैसालाई कल्याणकारी कामको लागि विश्वका विभिन्न मुलुकहरुलाई प्रदान गरिदै आएको छ ।
    त्यसैगरी अफ्रिकन महिला हक सम्बन्धि काम गर्ने उनको श्रीमती एमी ह्युसनले पनि बोनोको कार्यमा सहयोग गर्दै आइरहेकी छिन् । बोनोको योगदानले तेस्रो विश्वका राष्ट्रहरुले धेरै नै राहतको महशुस गरेका छन् । उनले गर्ने निस्वार्थ सेवा भावना निकै प्रशंसनीय पनि छ । यसले उनलाई थप ख्याती बढाएको छ । बोनोले प्रेम गीत मात्र नगाएर राजनैतिक कुसंस्कारको पनि गीत गाएका छन् । बोनोले आफ्नो प्रेमीकाको नाममा गाएको गीत “इन द नेम अफ लभ” भन्ने बोलको गीतले अमेरिकामा गोरा जातिले काला जाति माथि गरिने भेदभाव र असमानता विरुद्ध संघर्ष गर्ने “मार्टिन लुथर किंग” प्रति समर्पित थियो । जुन गीतले विश्वभरी तहल्का मच्चाएको थियो ।


    १२. जोन लेनन (अजम्बरी गायक)
    “कल्पना गरौं कुनै स्वर्ग छैन
    कुनै नर्क पनि छैन
    यो सजिलो छ कोसिस गर्ने हो भने
    हामी माथि आकाश मात्र छ
    कल्पना गरौं संसारभरिका मानिस
    आजका निम्ति बाँचेका”
    जोन लेननले रचेको “ईमेजिन” बोलको यो गीतमा संगीत पनि आफैले भरेको सो गीत ८० को दशकमा चरम सीमामा पुगेको थियो । जोन लेननले कमाएको ख्याति र उनले बिटल्स ब्यान्डमा गाएको गीतले अहिले पनि विश्वको नम्बर वानमा छ । “लभ लभ मी डु” बिटल्सको पहिलो रेकर्ड भएको गीतमा संगीत जोन लेननको र शब्द भने पर्ल मार्क कर्टनीको थियो । यहि गीत सुनेर संसार भरीका युवतीहरु दुई भागमा विभाजित थिए । एउटा समूहका महिलाहरु जोन लेननलाई मन पराउँथे भने अर्काे थरीका महिलाले पलमार्क कर्टनीलाई मन पराउँथ्यो । बिटल्सको गीत सुनेर महिलाहरु पागल भएकी थिइन् । यो गीत सन् १९६२ को अक्टोबर ५ मा रिलिज भएको थियो । यही वर्ष यो गीतले ५७ वर्ष पार ग¥यो ।
    यही गीतबाट सुरु भएको बिटल मेनिया अहिलेसम्म छुटेको छैन । जोन लेननले गाएको गीत अहिले पनि सदावहार कोटीमा छ । अध्यात्मिकवादी जोन लेनन शान्तिका भोका थिए । उनले पूर्वीय संस्कृत शब्द “जय गुरुदेव ओम” लाई “अक्रस द यूनिभर्स” गीतमा प्रयोग गरेर गाए । जुन गीतले पश्चिमी जगतमा आगोसरी फैलियो । अहिले पनि यो गीत अमेरिका ग्रामी अवार्ड हुँदा विश्व प्रसिद्ध पप र रक गायकहरुले उनको सम्झना गर्दै गाउने गरेका छन् ।
    त्यसताका जोनको इमेजिन गीत निकै प्रसिद्ध छ । बिटल्सले विश्वभरी तहल्का मच्चायो । अझ ठूलो तहल्का तब भयो जब सन् १९७० मा बिटल्स टुक्रियो र जोन लेनन ब्यान्डबाट अलग भए । सन् १९८० डिसेम्बर ४ का दिन न्यू योर्कको ड्याकोटा भवन अगाडि राति गीत रेकर्डिङ्ग गरेर बाटोमा हिँडिरहेका बखत उनका एक पागल फ्यान मार्क डेबिड च्यापम्यान नाम अमेरिकी नागरिकले ६ राउन्ड गोली हानेर जोनको हत्या गरिदियो ।
    बेलायतको लिभरपुलमा जन्मिएका जोन बिटल्स ब्यान्डका संस्थापक सदस्य, गायक, संगीतकार एवं गीतकार तथा विविध बाध्यन्त्रहरुमा पोख्त विलक्षण प्रतिभाशाली व्यक्तित्व
    थिए । उ जस्तो बहुप्रतिभाशाली गायक अब हमेसा यो दुनियाँमा आउदैन पनि ।


    १३. किस्ताबन्दीमा बाँचेका जिम मोरिसन
    ६० को दशकबाट अमेरिकी रक एन्ड रोल संगीतमा जादु छर्न सफलता हासिल गरेका जिम मोरिसन सन् १९६५ मा “डोर्स” ब्यान्ड समूह गठन गरी आफ्नो गायन यात्रालाई अगाडी बढाउँदै आएको थियो । उनको ८ वर्ष छोटो सांगितिक यात्रामा एक से एक हिट गीतहरु गाएर रोलिङ स्टोन म्यागजिनको कभर पेजमा आफ्नो फोटो छपाउन सफल भएका थिए भने सोही म्यागजिनले उनलाई सदाबहार रक गायकको रुपमा ४७ औं स्थानमा राखेको थियो । उनले गाएका गितहरुमा बे्रक अन थ्रु द इन्ट, मुनलाइट डाइभ, हेलो, पिपुल आर स्ट्रेन्ज, आइ लभ यु जस्ता निकै लोकप्रिय भए । उनले ६ वटा सुपरहिट एल्बम निकालेर अमेरिका भरी ख्याती कमाएको थियो । उनी बाँचुनजेल जति चर्तित भए मरेपछि अझ चर्चामा आए । सन् १९७१ मा पेरिसमा आफ्नो अपार्टमेन्टको बाथरुममा मृत अवस्थामा भेटिएका जिम मोरिसनको मृत्यु हार्ट फेलका कारण बताइएको थियो । फ्रान्सेली कानून अनुसार मरेपछि पोस्ट मार्टम गर्नुपर्ने नियम कानून नभएका कारण उनको वास्तविक मृत्युको कारण कहिल्यै पत्ता लागेन । सन् १९७९ मा “एपोकेलिप्स नाउ” नामक हलिउड फिल्मले ओस्कार अवार्ड जितेपछि उनको मृत्युपछि अझ चर्चाको शिखरमा आयो । दुईवटा अवार्ड जितेको यो फिल्ममा जिम मोरिसनको “द इन्ड” नामको गीतको साउण्ड ट्रयाक प्रयोग भएको थियो । २७ वर्षको कलिलो अवस्थामा मृत्यु वरण गरेका जीमको प्रेमिका पामेला करसर्न पनि २७ वर्षको उमेरमै बितेपछि जिन मोरिसनको चर्चा झन चुलियो ।

    src: Rolling Stone Magazine

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै