•            
    • TOKHA LIVE

    • ११ जेष्ठ २०७७, आईतवार १६:१२

    टोखा बजारले अझ चिनायो

    अहिलेको चर्चित सीमित गायकहरूमध्ये वीरकृष्ण लवटलाई पनि लिन सकिन्छ ।६० को दशकमा Inspire र Star नामक दुई एल्बमले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो। उनले गाएको दुई गीत टोखा बजार र विर्सन सकिन तिमीलाई ले एेतिहासिक सफलता पायो।स्रोताहरूले यी गीतहरूलाई यति मन पराए कि धेरै जसोले यी गीतहरू गुनगुनाएको सुनिन्थ्यो। यसबाट वीरकृष्ण टोखाभरि चर्चित हुन पाए ।उनको संगीतले नेपालभरि चर्चा पायो पनि।त्यसपछि उनी विभिन्न पत्रिका र म्यागजिनहरूमा प्रख्यात हुँदै गए।यसपछि उनी व्यवसायिक गायनतर्फ पाइलो चालिसकेका थिए।

    यसरी एकाएक लोकप्रियताको शिखरमा चढिरहेको बखत उनले किन गीत संगीतमा नयॉ सिर्जना गरेको छैन त? जिज्ञासा मेटाउन सोधिएको यस प्रश्नको जवाफमा उनी भन्छन- “हेर्नुस ! त्यो बेला मैले केही काम गरेको थिएन। त्यो बेलाको अवस्था नै अनुभव बटुल्नको लागि आएका थियौं।यस क्षेत्रमा लाग्दा बॉच्न मुश्किल थियो।जीविकोपार्जन गर्न सक्ने अवस्था थिएन। “ तर उनका स्रोताहरूको अनुसार यदि वीरकृष्णले संगीतलाई निरन्तरता दिएको भए उनको लोकप्रियता अझै बढ्ने थियो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै