•            
    • TOKHA LIVE

    • १४ भाद्र २०७७, आईतवार १३:११

    सज्जा चौलागाँई बनिन् तेस्रो नेपाल आईडल:-

    टाेखा लाइभ ,काठमाडौं –

    अन्ततः सज्जा चौलागाईं ‘ तेस्रो नेपाल आइडल’ भएकी छिन् । भाद्र १२ गते शुक्रबार स्टुडियोमा आयोजना भएको गायन रियालिलिटी सो ‘नेपाल आइडल-३’ को ग्रान्ड फिनालेमा चौलागाँई विजेता बनेकी हुन् । फष्ट रनरअप प्रविण बेडुवाल भए भने सेकेण्ड रनरअप किरणकुमार भुजेल भएका छन् । विजेताहरुको नाम एपी वान टेलिभिजनका अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका थिए।

    एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। विजेता चौलागाँईले ‘नेपाल आइडल-३’ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् ।

    त्यस्तै, फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन्। उक्त कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्। यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन्।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै