•            
    • TOKHA LIVE

    • २ पुष २०७९, शनिबार २२:४८

    भोईस अफ नेपालका निभा: डंगोलको पहिलो गीत “संचिका चिना” सार्वजनिक

    टाेखालाइभ डट कम/ पुस २,२०७९

    काठमाडौं । नेपालभाषाका थुप्रै कभर गीतहरु गाएर चर्चित भएका साथै अहिले भैइरहेको भोईस अफ नेपालमा “राजमती कुमती” गीत गाएर भाईरल हुनुभएका युवा गायिका निभा: डंगोलको पहिलो सोलो नेपालभाषाको गीत “संचिका चिना” युत्युवमा सार्वजनिक भएको छ। उक्त गितलाई सुर मेलोडी रिकर्डिङ्ग स्टुडियोमा रिकर्ड भएको  गीतको म्युजिक भिडियो ज्योती म्युजिकको युट्युब च्यानलमा प्रीमिएर भएको छ । बिस्वास बज्राचार्यको रचना रहेको उक्त गीतलाई सुरेन्द्र श्रेष्ठले संगीत दिनुभएको छ भने जिवित “जल्मी”ले एरेन्ज गर्नुभएको छ । यो गीतको केपेप भर्सनलाई ज्योती रिकर्डसका फिरोज बज्राचार्यले एरेन्ज गर्नुभएको थियो ।

    ज्योती म्युजिकको ब्यानरमा निमार्ण भएको उक्त म्युजिक भिडियोमा निभा: डंगोल, मिस नेवा: वर्ड २०२१ न्यान्सी महर्जनको साथै बिना महर्जन, प्रेममाया डंगोल,निरज प्रधान, स्वेता शाक्य, युनिश थापा, सोभन बज्राचार्य,सिजल महर्जन, रेजिश्ना खाती, ईन्द्रेणी कुलुङ्ग, कृष्णा मगर, बाल कलाकार बोधी बज्राचार्यहरुले अभिनय गर्नुभएको छ। पुजा शाहीले मेकअप गर्नुभएको यस म्युजिक भिडियोको प्रोजेक्ट म्यानेजर : उजय शाहि रहनुभएको थियो भने क्यामेरामा नितेश मालाकार, क्यामेरा निर्देशन/एडिटमा बिजन राज बज्राचार्य कोरियोग्राफरमा रोहिया महर्जन, सहायक निर्देशकमा मंजिल शाक्य हुनुभएको यस म्युजिक पटकथा/निर्देशन : बिश्वास बज्राचार्यले गर्नुभएको छ भने यस म्युजिक भिडियो संयोजकमा अमोघर वीर बज्राचार्य रहनुभएको छ।

    Full Video Click HERE:

     

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै