•            
    • TOKHA LIVE

    • २० श्रावण २०७९, शुक्रबार ०८:२२

    गायक मोतिराज र सबिन खड्काले ल्याए तिजको कोसेली “आउ बस आडैमा “

    टाेखालाइभ डट कम/ श्रावण २० ,२०७९

    काठमाडौं /पत्रकार गिरी भुसालको निर्देशनमा बनेको तीज गीत ‘आउ बस आडैमा’ सार्वजनिक भएको छ। हरितालिका तीजको छेको बारेर उनले ‘आउ बस आडैमा’ बोलको गीत सार्वजनिक गरेका हुन्।

    गीतमा मोतिराज खनाल र रीता राउतको स्वर रहेको छ। शब्द र संगीत मोतिराज खनालकै रहेको गीतलाई गिरीप्रसाद भुसालले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा सविन खड्का, सजिना लामिछाने, अर्जुन तिरुवा, प्रीति भुजेल लगायत कलाकार हरुको अभिनय रहेको छ । मिठो लयमा आधारित तिजगीत संगित चौतारी युटुब च्यानलबाट बुधवार सार्वजनिक भएको हो । प्राय खनालका गीतमा नयाँ पन भेट्न सकिन्छ । यो गित पनि बजारमा आएका गीत मध्य नयाँ सैलीको छ र शब्द पनि निकै रोमान्टिक छन । माया प्रेमका शब्दजाल बुन्दै प्रेमजोडी एक आपसमा जिस्किएको भाव गीतले दिएको छ । गायक खनालले गत तिजमा जम्काभेट तिजगीत बजारमा ल्याएका थिए । उक्त गीतले राम्रो बजार पाएको थियो । त्यसैगरी खनालका धेरै लोकदोहोरी गीत बजारमा आएका छन । गायक खनाल निरन्तर गीत संगितका साथै टेली सिरियलमा पनि आबद्ध छन।

     

     

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै