•            
    • TOKHA LIVE

    • २६ जेष्ठ २०७९, बिहीबार ११:१८

    सौगात मल्लको ‘द सिक्रेट्स अफ राधा’ भदौमा  प्रदर्शन हुने 

    टाेखालाइभ डट कम

    जेष्ठ २५,२०७९

    काठमाडौं /अभिनेता सौगात मल्लले निर्माण गरेको चलचित्र ‘द सिक्रेट्स अफ राधा’को प्रदर्शन भदौमा  प्रदर्शन हुने भएको छ । अभिनेता सौगात मल्लले निर्माण गरेको चलचित्र ‘द सिक्रेट्स अफ राधा’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । भदौ २४ गते प्रदर्शनमा आउने भनिएको चलचित्र अब भदौ १० गते नै प्रदर्शनमा आउने छ । सुवर्ण थापाको निर्देशन रहेको चलचित्रमा सौगातका अलावा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव पन्त, बुद्धि तामाङ, निश्चल बस्नेत, दयाहाङ राई लगायतका कलाकारहरूको अभिनय रहेको छ । आदियोगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको ‘द सिक्रेट्स अफ राधा’मा नरेन्द्र मैनालीको छायाङ्कन र कालीप्रसाद बाँस्कोटा सङ्गीत रहेको छ । सोही मितिमा प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ पनि प्रदर्शनमा आउँदै छ । जसका कारण दर्शकहरू अन्यौलमा परेका छन् । दर्शकहरूले सामाजिक सञ्जालमा दुवै छुटाउनै नहुने चलचित्र एकसाथ प्रदर्शनमा आउन नहुने बताइरहेका छन् । यसले दुवै चलचित्रको व्यापारमा पनि असर गर्ने देखिन्छ

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै