•            
    • TOKHA LIVE

    • २९ माघ २०७८, शनिबार २०:१४

    खेम र सुनीतामीको स्वरमा लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ बजारमा ।

    टाेखालाइभ/ माघ २९,२०७८

    काठमाडौं /चर्चित गायक खेम सेन्चुरी र सुनीतामी परियारको स्वर रहेको लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ सार्वजनिक भएको छ ।

    तेजु सुनामले लेखेको निकै मार्मिक र कर्णप्रिय गीत खेम सेन्चुरी युट्युब च्यानलबाट शुक्रबार रिलिज भएको गायिका सुनीतामी परियारले जानकारी दिइन् । उनका अनुसार रिरिज भएको झन्डै ८ घण्टामा २० हजार भ्युज भइसकेको छ ।

    उक्त गीतमा सङ्गीत स्वयम् गायक सेन्चुरी, एरेन्ज श्यामस्वेत रसाइली, बासुरी रत्न बिकेको रहेको छ । म्युजिक भिडियोमा खेम र केकी अधिकारीले मोडलिङ गरेका छन् । अडियो/भिडियो संस्कृति म्युजिक प्रालीको रहेको छ ।एकदमै नयाँ शैली र अहिलेसम्मकै छुट्टै खालको गित धेरै मिहिनेत गरेर बजारमा ल्याउन सफल भएको चर्चित गायिका सुनितामी परिवार बताइन् ।

    गितको म्युजिक भिडियो हेर्न Click गर्नुहोस् ।

     

     

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै