• TOKHA LIVE

  • २० श्रावण २०७८, बुधबार ०९:५९

कलाकार रत्न डंगोलको अभिनय रहेको गीत ‘जिन्दगीले घुमायो’ सार्वजनिक:-

 

टाेखालाइभ/ श्रावण २०,२०७८
काठमाडौं : कलाकार रत्न डंगोलको अभिनय रहेको गीत ‘जिन्दगीले घुमायो’ युट्युबमा भिडियो सार्वजनिक भएको छ । युवा गायक जोसेफ शाही ठकुरी र भ्वइस अफ नेपालका प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा रहेको गीत ‘जिन्दगीले घुमायो’को जोसेफ शाही अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

जिन्दगीले घुमायो’ गितमा गायक जोसेफको आफ्नै शब्द, करणराज कार्कीको संगीत रहेको छ भने देबेश राइको संगीत संयोजन रहेको गीत ए वन म्युजिसियन स्टडीयोमा रेकर्ड गरिएको हो । ध्वनी सम्पादन किशोर थापा, भिडियोमा गौरव गिरीले निर्देशन गरेको छ भने बसन्त कुँवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन रहेको गीतको भिडियोमा श्याम कुँवरको रंग संयोजन गरेको छ ।

गितमा सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको काहानीलाई मार्मिक ढंगले देखाएको छ। गीतको भिडियोमा कलाकार रत्न डंगोलसँगै राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको अभिनय रहेको छ । गितको दृश्यमा सिम भन्ज्यांग लगायतका विभिन्न स्थानलाई गितमा देख्न सकिन्छ ।

गितको म्युजिक भिडियो हेर्न Click गर्नुहोस् ।

Facebook Comments

सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै