काठमाडौं : अमेरिकाको चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ दोस्रो बनेका छन् । आइडलको उपाधि भने समन्था डियाजन ‘जस्ट साम’ले जितेकी छन् ।
सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दिवेशले दोस्रो स्थान हासिल गरेका हुन् । पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए। दिवेश सामसँग पछि परेका हुन् ।