•            
    • Sanu Raj Dangol

    • १२ असार २०७८, शनिबार ०९:२०

    लिम्बूहरुको धान नाँचकाे उत्पत्ति

    – रत्नप्रसाद अनामणि श्रेष्ठ
    प्राकृतिपुर्वक लिम्बूहरुको आफ्नै पृथक पहिचान र संस्कृति रहेका छन् ।मौलिक संस्कृतिका धनी लिम्बूहरुको पहिचान मध्ये धान नाँच अथवा या: लाङ पनि एक हो।धान नाँच अथवा या: लाङले लिम्बूहरुको प्राचीन ऐतिहासिक महत्त्व बोकेको छ।खान, पिउन र रमाउन जान्ने लिम्बूहरु वास्तवमा यो देशमा भूमि पुत्र पनि हुन् ।

    लिम्बूहरुको गित विकसित भएको बारे आफ्नै किवदंन्ती छ।किवदंन्ती अनुसार तागेरानिङ्वाफुमाङबाट पोरोक्सी र यम्फामी माङले आदेश मानेको स्वरुप ( नावगेन चइत) सृष्टि गर्नुभयो । सृष्टि गरेपछि नावगेन चइत मिम्कि फुङ्वाले सृष्टिलाई निरन्तरता दिन शिर उठाउनी गर्दा ( माङ्सेना) फुरेको
    ज्ञान अरुलाई वाचन गर्दै जादा गितको लय विकसित भयो।यसैलाई फुङ्वा साम्मेल गित भनिन्छ। किराँत लिम्बू मन्धुममा यहि फुङवा साम्मेल गितलाई नै सबैभन्दा पहिले उत्पत्ति भएको गित मानिन्छ ।यस गितको लय झन्डै झन्डै हाक्पारे गितको जस्तो हुन्छ ।यिनै हाक्पारे लयपछी ख्यालिको गितको जन्म भएको मानिन्छ।

    एकपटक लिम्बू समुदायमा वर्ष भरी खान जादा बीउ नै राख्न बिर्स्यो रे।बीउ बिना खेती नहुने भएर सार्है चिन्तित अवस्थामा फेल्लेरे फेम्पुना नामक चरालाई सार्है दया लाग्यो।अनि उक्त चराले बीउ ल्याइ दिन्छु भने पछि सबैजना खुसी भए। तर उक्त चराले एउटा शर्त राखे त्यो शर्त अथवा बाचा पूरा गर्ने भए पछि मात्र बीउ ल्याउने कबुल गराए। चराको बाचा अनुसार अब देखि लिम्बूका सन्तानहरुले त्यो चराको शिकार पनि नगर्ने र बालीमा आएर खाए पनि नधपाउने बाचा गरि बिउ ल्याइ दिए र पुनः खेतीपातीको शुरूवात भयो। जब खेतबारीमा फल लाग्न थाले तब त्यो चरा आएर सबै खाइदिए। बाचा अनुसार धपाउन पनि मिलेन अनि समुदायले जुक्ति निकाले। बाली लगाएको वरपर बसेर हातखुट्टा हल्लाउँदै हा….हा….हा….गर्दै विभिन्न टुक्का हाल्दै नाँच्दै गाउन थाले।यसरी चरालाई धपाउने जुक्तिले गर्दा या: लाङ अथवा धान नाँचको जन्म भयो।वरिपरि सबै मानिसहरु एक अर्काको हातसमाई नाच यो या: लाङ नृत्य सार्है रमाइलो र मनमोहक पनि छ।

    धान नाँच ( या: लाङ)को आफ्नै खाले भाका छन् ,नियमगरु छन् ।शुरु शुरुमा यस्ता नियमहरु थिएन पछि विस्तारै बिस्तारै नियमहरु बन्दै गएको देखिन्छ । कुटुम्बहरु संग मात्र नाच्न हुने, हात समाएर , खुट्टा हल्लाएर ,नाँच्नु पर्ने,यदि खुट्टाले अरु कुटुम्बलाई छोइ हालेमा माफी माग्नु पर्ने ! विभिन्न चरणले नाच्नुपर्ने धान नाचको थालनी र अन्त्य हुनुपर्ने जस्ता नियमहरु बन्दै गएको देखिन्छ ।विशेष गरि विवाह , तथा विविध संस्कृति अनुस्थानमा नाचिन्छ। नाच्नु भन्दा पहिले ‘ तुम्याहाङ( मान्यजन) संग आशिर्वाद माग्दै यस्को थालनी गरिन्छ।

    पहिले पहिले बुढापाकाहरुको भनाइ अनुसार धान नाँच ( या: लाङ) महिनौ दिन सम्म चल्दथ्यो रे।खसी,राँगा काटिन्थाे रे।जाँड, रक्सीको खुव सेवन गरिन्थ्यो रे। विवाह समेत हुन्थ्यो रे।जब नाच समाप्त हुन्थ्यो रुवाबासी चल्थ्यो रे।यसरी लिम्बूहरुको धरोहरका रूपमा रहेको यो नाच बिस्तारै लोप हुँदै गएको देखिन्छ ।आजको आधुनिकताले गर्दा युवाहरुमा यस प्रती खासै चासो दिन कम भएको देखिन्छ ।यसलाई आजका युवावर्गहरुले पनि बचाइ राख्नु आजको आवश्यकता हो।

    लेखक रत्नप्रसाद अनामणि श्रेष्ठ साहित्यकार हुन् । उहाँको थुप्रै कृतिहरु प्रकाशित भएका छन् ।

    • टाेखालाइभ डट कम/ असार १२, काठमाडौं
    • www.tokhalive.com
    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै