•            
    • Hikmat Dangol

    • २१ जेष्ठ २०७८, शुक्रबार १०:२६

    ‘घुमाउरो बाटो’ मा परदेशी नेपाली

    टोखा लाइभ । २०७८ जेठ २१ गते ।

    काठमांडौं। परदेशिएका नेपालीको पीडा र आफन्तको छटपटी समेटिएको म्युजिक भिडियो ‘घुमाउरो बाटो’ युट्युबमा अपलोड भएको दुई दिनमै ६० हजारभन्दा बढी भ्युज आयो । लाइक र कमेन्टहरू पनि उत्तिकै । यो आँकडाले नै संकेत गर्छ कि गीतको लोकप्रियता । प्रशंसाका कमेन्टहरू थपिएको थपियै छन् । अनि आफ्नो सफलतामा दंग छन्, गायक विवेक ।

    भर्खरै सार्वजनिक गरिएको ‘घुमाउरो बाटो’ गीतले उनलाई स्थापित गायकको परिचय दिलाउँदै छ । यसअघि ल्याएको ‘घोप्टेभिर’ गीतबाट निकै चर्चा कमाएका उनी अहिले उत्साहीसँगै थप गम्भीर पनि बनेका छन् । भन्छन्, ‘अब अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ, भविष्यमा पनि यो लय छाड्न हुँदैन ।’

    गीतलाई नेपाली लोकभाकामा ढालेर त्यसलाई मनोरञ्जनसँगै सन्देशमूलक पनि बनाउनु विवेकको विशेषता हो । घोप्टेभिरमा प्रस्ट देखिएको उनको यो शैली घुमाउरो बाटोमा आउँदासम्म पनि कायमै छ । उनका अनुसार ‘घुमाउरो बाटो’ गीतमा रोजगारीका लागि परदेशिएका नेपालीले भोग्नुपरेका दुःख, पीडा र वेदनाहरू छन् । नेपालमा बसेर उनीहरूलाई पर्खिरहेका आफन्तहरूको छटपटी छ ।

    म्युजिक भिडियोमा विप्लव कँडेल, आसिका उप्रेती, आरती सापकोटा, रोशन ढकाललगायत कलाकारको अभिनय छ । बाबा हन्टर (सिजन कार्की) को निर्देशन रहेको भिडियोलाई प्रतीम कार्कीले खिचेका छन् । सृजना केसीले नृत्य निर्देशन गरेका छन् । भिडियो प्रतीम प्रोडक्सनले तयार पारेको हो । प्रफुल्ल केसीले रचना गरेको गीतमा संगीत संयोजन भने शैलेन्द्रमोहन प्रधानले गरेका छन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै