•            
    • Hikmat Dangol

    • १९ बैशाख २०७८, आईतवार १४:२५

    गीतकार ओमशंकर श्रेष्ठको नेवारी गीत सार्वजनिक

    टोखा लाइभ डट कम।२०७८ वैशाख १९ गते

    काठमांडौं। लामो समय शिक्षण तथा पत्रकार पेशामा संलग्न साहित्यकार ओमशंकर श्रेष्ठको “फल्चाय् च्वंसांः वल्चाय् द्यंसांः “ बोलको नेवारी गीत युट्युब मार्फत सार्वजनिक भएको छ।

    विभिन्न विषयवस्तुमा बाँधिएर गीत लेख्नु हुने ओमशंकर श्रेष्ठको शब्द-रचना, लोकप्रिय युवा गायक प्रविण ब्रजाचार्य स्वर र संगीतमा रेकर्ड गरिएको गीतमा विभिन्न कलाकारहरूले अभिनय गरेका छन् ।

    काठमाडौ, यसको छेउछाउ लगायतका स्थानहरूमा यो गीतको अक्सर गरेर रात्रि कालिन समयमा सुटिंग गरिएको छ ।

    पाटीमा सुते पनि गोठमा सुते पनि निन्द्रा त एउटै हो तर सपना फरक हुन्छ ! गोठमा सुत्ने ले पनि महलमा सुत्ने सपना देख्छ किनकी महलमा सुत्नेले झुपडीमा सुत्नेलाई मान्छे गन्दैन ! भनेर यो गीतले मानवीय महिमा गाएको छ। यसको साथै यो नयाँ गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरलाई विषय बनाएको छ। रक शैलीमा गाएको यो गीत सुन्दा हरेक दर्शकहरूको मुटुको ढुकढुकी बढन थाल्छ। सरल शब्दमा गहन कुरा भन्न सक्ने ओमशंकरको गीतजस्तै भिडियो पनि अर्थपूर्ण छ। प्रतिश शाक्यले खिचेको भिडियोलाई शैलेंद्रले निर्देशन तथा सम्पादन गरेको छ।

    गीतकार ओमशंकर श्रेष्ठको यसअघि ‘ऑखा मेरो नवोलि दिए र सम्झेर ल्याउँदा हरेक कुरा लगायतका गीत अमेरिकाबाट सार्वजनिक भइसकेका छन्।फल्चाय् च्वंसांः वल्चाय् द्यंसांः गीतबारे ओमशंकर भन्छन्, – “ पहिले रिलिज भएको गीतहरूबाट पनि मैले नेपाली स्रोता दर्शकहरूको माया पाए। अहिले नेवारी अफिसियल गीत सार्वजनिक गरेको छु। सबैले माया गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु।’

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै