टोखा लाइभ ।विहिवार , चैत्र १९, २०७७
टिकटकमा चर्चित रहेकी निता सुनारको पहिलो म्युजिक भिडियो रिलिज भएको छ ।
प्रविन बज्राचार्यको स्वरमा रहेको ‘नक्कली केटी’ बोलको गीतमा निताले अभियन गरेकी छन् ।
नेपाल समाचारपत्र को वरिष्ठ पत्रकार तथा कवि ओम शंकर श्रेष्ठको शब्द रहेको गीतको भिडियोलाई शैलेक्द्र खोखालीले निर्देशन गरेका हुन् ।
युट्युब च्यानल हाइलाइट्स नेपाल मार्फत सार्वजनिक भएको भिडियाको सम्पादन निर्देशक आफैले गरेका छन् ।
पोखराकी निता म्युजिक भिडियोमा बोल्ड अवतारमा देखिएकी छन् ।