टाेखा लाइभ,काठमाडौँ — अनुष्का शर्माद्वारा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलालाई आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ ।
कुनै निश्चित समुदायमाथि प्रयोग गरिएको गालीकै कारण गत सोमबार अनुष्कालाई कानुनी पत्र पठाइएको जुमटिभी इन्टरटेन्टमेन्टमा उल्लेख गरेको छ । कोभिड–१९ को संकटबीच निःशुल्क कानुनी सल्लाह प्रदान गर्न गठन गरिएको लयर्स गिल्डका सदस्य विरेन श्री गुरुङले निर्मात्री अनुष्का शर्मालाई हामीले नोटिस पठाएका हौं ।’जुन सिरिजको दोस्रो शृङ्खलामा देखाइएको छ, ‘नेपाली शब्द प्रयोग नभएको भए केही समस्या हुुन्थेन । तर त्यस्तो अस्वीकार्य शब्द त्यहाँ प्रयोग गरिएको आधारमा हामीले सिरिजकी निर्मात्री अनुष्का शर्मालाई नोटिस पठाएका हौं ।’
गुरुङले सो ‘पाताल लोक’श्रृङ्खलामा प्रयोग गरिएको शब्दले सिङ्गो नेपाल र नेपाली समुदायको अपमान गरेको ठहर छ। ‘त्यहाँ एउटा दृश्य छ, जहाँ महिला प्रहरीले नेपाली पात्रलाई केरकार गर्ने क्रममा जातिवादी गाली प्रयोग गरेको छ। यो पूरा नेपाली समुदायको लागि अपमानजनक छ,’ गुरुङले द क्विन्टसँग भनेका छन् ।
गुरुङले अनुष्काले उक्त पत्रको जवाफ दिनुपर्ने बताउँदै यसो नभएमा ओटीटी प्लेटफर्म र यसमा संलग्नविरुद्ध पनि कानुनी लडाइँमा जाने बताएका छन् ।
अमाजोन प्राइम भिडियोको ‘पाताल लोक’मा जयदीप अहलावत, गुल पनाग, नीरज काबी, अभिषेक बनर्जी र स्वस्तिका मुखर्जीको मुख्य भूमिका छ ।