•            
    • TOKHA LIVE

    • १९ भाद्र २०७७, शुक्रबार १६:०५

    लायन्स क्लव अफ काठमाडौं बुढानिलकण्ठ नेवा: पुच: को फुड बैंकमा सहयोग:-

    टाेखा लाइभ,भाद्र १८काठमाडौं

    लायन्स क्लव अफ काठमाडौं बुढानिलकण्ठ नेवा:पुच : को फुड बैंकमा सहयोग आउने क्रम जारी रहेको छ। निशुल्क आपतकालीन सवारी सेवा उपलव्ध गराउदै आएको क्लवले स्थापना गरेको खाद्यान्न बैंकमा विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग उपलब्ध गराइरहेका छन।

    उक्त बैंकमा हाल सम्म भाइ नारायण श्रेष्ठ ,राम लाल श्रेष्ठ , टिकेस नारायण श्रेष्ठ , साकार श्रेष्ठ , सुरेश श्रेष्ठ , हरिचन्द्र देव राज अनिश ,श्रीकृष्ण श्रेष्ठ ,कृष्ण काजी श्रेष्ठ लगायतले नगद ,चामल ,नुन ,दाल सहयोग गरेको क्लवले जानकारी दिएको छ।

    संकलित खाद्यान्न तथा नगद आदि आवस्यक परेका परिवारहरुलाई वितरण गर्दै आएको क्लवले हाल सम्म करिव १०० परिवारलाई सहयोग उपलव्ध गराएको छ। फुड बैंक संगै क्लवले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ ।–कपन अनलाइनबाट

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै