•            
    • TOKHA LIVE

    • १७ भाद्र २०७७, बुधबार २०:४५

    “बुढानिलकण्ठ स्कुल हाम्रो गौरव हो”

    पुन्यराज पुडासैनी

    काठमाडौं ,भाद्र १७
    बुढानिलकण्ठ स्कुल नेपालका दुर दराजका गरिव र जेहेन्दार विद्यार्थीलाई योग्य नागरिक बनाउने यो मन्दिरलाई यहाँका केहि संचालक ,कर्मचारी र यस बाट केहि लाभको चिनी चाटेर आनन्दित बनेकाहरुको दास मनोवृतिका कारण यसलाई केवल राजकुमार,राजकुमारी र कथित ठुला बडाका छोराछोरी पढ्ने स्थानमा रुपमा गलत ,सुनियोजित र प्रायोजित तरिकाले चिनाइयो र अहिले पनि चिनाईदैछ।

    कुनै समय यो विद्यालयको ढोका तिर फर्केर हेर्न पनि धक मान्नुपर्ने चरम विभेदपूर्ण व्यवहार र परिस्थितिका सामु आत्मसमर्पण गरेर आफ्नै थातथलोको भूमिमा बनेको यस विद्यालय बाट स्थानीयहरुले सानोतिनो जागिर र यसका संचालकहरु बाट बेलाबेलामा बक्सिस बाहेक खास केहि पाएको देखिदैन।

    सन् १९७३ मा ८२ जना विद्यार्थी बाट पठन पाठन शुरु गरेको बुढानिलकण्ठ स्कुलमा अहिले सम्म हजारौ विद्यार्थीहरुले शिक्षा लिएर देशको ठुलो ठुलो ओहोदामा पुगेका छन। यो निकै ठुलो र गौरवपूर्ण कुरा हो तर गणतन्त्र आउदा पनि निगाह गरे जसरि जम्मा २/३ जना छात्रवृति दिएर स्थानीयहरुले दिएको योगदानको अवमुल्यन गर्नु कति सम्म न्यायोचित हो ? यो सोचनीय मात्र हैन व्यापक र सार्वजनिक बहसको विषय बन्नुपर्ने हो।

    करिव पांच सय रोपनी भन्दा बढी क्षेत्रमा फैलिएको यो विशाल विद्यालयको रातो पर्खालमा विविध त्रासदी ,दमन ,विभेदका घटना परिघटना प्रत्येक्ष देखेकाहरु गणतन्त्र आइसक्दा पनि बौरिएका छैनन्।

    अझै पनि त्यो रातो पर्खाल भित्र आफ्ना अग्रजहरुको पसिना सिंचित छ जसको मुल्य आफ्ना अनुजहरुले पाउनु पर्छ भन्ने चेत नपलाउनुमा दास मनोवृतिको प्रभाव प्रमुख कारण देखिन्छ। यो मनोवृति यति शक्तिशाली छ कि जब कसैले त्यो पर्खाल भित्र छिरेर त्यहाका भूमिपुत्रहरुको अस्तित्व र भूमिका खोज्छ त्यो उद्देलित भैहाल्छ।

    अनि त्यो उद्देलन विभिन्न स्वरुपमा प्रकट थाल्छ र त्यसको ओजन यस्तो चमत्कारिक र सम्मोहनपूर्ण हुन्छ कि एकाएक यसले निरन्तर विद्यालयको त्यहि प्रवृतिको विरोधमा आवाज उठाइरहनेहरुको बोलि,शव्द,भाव र दृष्टिकोणमा एकाएक परिवर्तन गरिदिन्छ।

    अनि केहि कार्यक्रम ,प्रतियोगिता ,बैठक वा समारोह गर्नका लागि ठुलै परियोजनाको झैँ विभिन्न प्रक्रिया,अनुनय विनय गर्नुपर्ने करिव ४ दसकको चाकरी बजाउने परम्पराका प्रतिकहरु परिवर्तन गर्न कोहि अघि सर्ने वित्तिकै त्यो विद्यालय भित्रको उद्देलन रातो पर्खाल बाहिर राजनीतिक ,सामाजिक ,स्वामित्व ,भूमिका आदि आदि स्वरुपमा प्रकट हुन्छ र तिनैका शुर ताल र लयमा आफ्नै (भूमिपुत्र ) हरुको छातीमा मडारिन थाल्छ। अहिले सम्मका घटना ,परिघटना र त्यहा भएका अभ्यास हेर्दा यस्तै देखिन्छ।

    त्यति मात्र हैन त्यो विद्यालयको पर्खाल भित्र छिरेर यहाका स्थानीयहरुको अस्तित्व र भूमिका माग गर्ने हिम्मत गर्दछ विद्यालय भित्रको मनोवृतिगत उद्देलन ज्वालामुखी झैँ प्रकट भैहाल्छ।अनि त्यो यति शक्तिशाली हुन्छ कि यसले सो विद्यालयको पर्खाल हेर्दै ति राता विशाल भवनमा पढ्ने सपना बुनिरहेका आफ्ना छोरा छोरीको आँखाको भाव पढन दिदैंन बरु त्यसले त्यहाको ठुलो गेट भित्र बाहिर गर्नेहरुको चाकरीलाई मुख्य देखाईदिन्छ।

    यसको त्यो उद्देलनको शक्ति यति छ की यहाँ नगरप्रमुखले आफ्नो जन्मभूमिको विद्यालयलाई नगरवासीका छोरा छोरीको सपना जोड्छु भनेर प्रयास गर्दा निरास भएर फर्कनु पर्दछ। अनि त्यसवेला पुन गजव दृश्य देखिन्छ।

    नगरप्रमुखको अनुहारमा देखिएको निरासालाई आम बुढानिलकण्ठवासीको निरासा मान्दैन त्यो मनोवृति बरु उल्टै हस्तक्षेपको प्रयास बनाइ दिन सक्ने सामर्थ्य राक्दछ विद्यालय भित्रको त्यो प्रवृति।

    यो विद्यालय बनाउँदा “मैले सिमेन्ट र बालुवा बोकेको छु ,यहाका जनताले रगत पसिना बगाएर सुरक्षा दिएका छन तिनको अधिकार छ” भनेर पटक पटक यहाँका नगर प्रमुखले भनिरहदा त्यसलाई अनावस्यक दवाव देख्छ त्यो रुग्न मनोवृति र सधा झैँ त्यसको बलमा राज गर्छ रातो पर्खाल भित्रको प्रवृति।

    अनि त्यसैको रागमा विभिन्न समयमा फरक फरक पात्रहरुलाई नृत्य गराएर बढो बिजयीभावमा मस्त बन्छ त्यो प्रवृति। अनि यो प्रवृतिको प्रभाव यति बेजोड हुन्छ कि नृत्य गर्नेहरुले आफ्नो इतिहास ,अडान ,पहिचान र कर्तव्य सब तिलान्जली दिदै नतमस्तक बनिदिन्छन।अनि भ्रमको पट्टि बाधेर चाकरीको नृत्यमा मस्त मगनहरु त्यो प्रयासलाई जनमतका प्रतिनिधि नगर प्रमुख हैन व्यक्ति उद्दव खरेलको हस्तक्षेप भन्दै नया राग अलाप्छन अनि आफ्नो अधिकार भुलेर ताली बझाउन बाध्य छन धेरै लाचार मन अनि मस्तिस्कहरु।

    चार दशक देखि सफल रुपमा प्रयोगमा आएको प्रवृतिको परिवर्तन वा अन्त्य चार वर्षमा नै गर्न सजिलो छैन तर यसको मतलव प्रयास नै गर्नु हुन् भन्ने हैन जसको संकेत बेला बेलामा भएका प्रयासहरुले देखाई नै रहेका छन। अनि निरन्तर विभिन्न स्वरुपमा भएका प्रयासले उठाएका धेरै प्रश्नहरु बुढानिलकण्ठको पावन भूमिमा गुन्जिरहेको छन।

    के भूमिपुत्रहरुको स्वामित्व र भूमिका यो शैक्षिक धरोहरमा हुनुपर्छ कि पर्दैन ? के यो विद्यालयको पर्खाल हेर्दै आफ्नो सपनाको हत्या हाम्रा सन्ततिले गर्नुपर्छ कि पर्दैन ? बुढानिलकण्ठवासीका छोरा छोरीहरुले कम्तिमा १० प्रतिसत छात्रवृति पाउनु पर्छ कि पर्दैन ? वा बुढानिलकण्ठ नगरपालिका त्यो शैक्षिक धरोहरमा सम्मानपूर्ण उपस्थिति चाहन्छ कि चाहदैन ? – जब यो भूमिमा गुन्जिएका प्रश्न सबैको कान र मनमा पुग्छ सायद यसले त्यो प्रवृतिको भ्रमयुक्त मनोवृतिको अन्त्य गर्नेनैछ।

    पक्कै पछिल्लो चरणमा यिनै प्रश्नको आलोकमा भएका प्रयासहरुले त्यो प्रवृतिको मनमा कम्पन भने सिर्जना गरेको छ जुन बढ्दै जाँदा त्यसले उत्पादन गरेको मनोवृतिमा प्रकट भएको भ्रमको पर्दा फाट्ने नै छ।अनि त्यहि भ्रमको तालमा अहिले नाच्नेहरु आफ्नो सम्मान र अधिकार प्राप्तिको अग्रमोर्चामा उभिएर अहिलेका पहलकर्ता भन्दा चर्को स्वरले भन्ने छन ” बुढानिलकण्ठ स्कुल हाम्रो गौरव हो।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै