•            
    • TOKHA LIVE

    • ३० श्रावण २०७७, शुक्रबार १९:३७

    बुढानीलकण्ठ नगरपालिकामा वडा नं १२ का तिन सहित ८ जनामा कोरोना संक्रमण पुष्टी:-

    टाेखा लाइभ
    काठमाडौं ,साउन ३०

    बुढानीलकण्ठ नगरपालिकामा वडा नं १२ का तिन सहित ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। आजसम्म आएको नतिजा अनुसार नगरपालिकामा कुल संक्रमित शंख्या ७४ पुगेको छ।

    सुक्रवार कोभिड १९ संक्रमण पुष्टि भएका व्यक्तिहरुमा वडा नं ४ ज्ञानभूमि टोलकी ३८ वर्षिया महिला, वडा नं ८ मण्डिखाटारका ९३ र ५९ वर्षिय पुरुष र वडा ८ गोल्फुटारकी ३६ वर्षिया एक महिला रहेका छन।

    त्यस्तै वडा नं ९ खड्काबस्तीका ४९ वर्षिया पुरुष र वडा नं १२का ३९ र ६७ वर्षिया पुरुष र ३७ वर्षिया एकजना महिलामा संक्रमण भेटिएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ।

    वडा नं १२ का केहि दिन अगाडी ५२ वर्षीय महिलामा कोरोना संक्रमण देखिए संगै उनको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण देखिएको नगर कार्यपालिका सदस्य शान्ता ढकालले जानकारी दिएकी छन।

    घरमै आइसोलेसनमा रहेका संक्रमितको अवस्था बुझ्न पुगेका वडा नं १२ का सदस्य पुरुषोत्तम नेपालले उक्त क्षेत्रका संक्रमितहरुले जनै पुर्णिमाक दिन पुजा लगाएको र एक व्यक्ति वडा नं १२ कै घटराज भवनमा रहेको मेडिकलमा परिक्षणका लागि गएको जानकारी प्राप्त भएकोले सुरक्षित रहनका लागि वडा वासिहरुमा अपिल गरेका छन।
    स्रोत : कपनअनलाइन

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै