•            
    • Hikmat Dangol

    • ११ असार २०७९, शनिबार २१:३०

    बुढानिलकण्ठ नगरपालिकामा स्कुल फाउन्डेसनको ३ दिने “थिंक पोजिटिभ ग्लोबल क्याम्पेन” शुरू

    टोखा लाइभ ।११ असार २०७९, शनिबार

    बुढानिलकण्ठ नगरपालिकामा स्कुल फाउन्डेसनको थिंक पोजिटिभ ग्लोबल क्याम्पेन सुरु भएको छ।असार १०,११ र १२ गते बुढानिलकण्ठ नगरपालिकाका तिन स्थानमा हुने सो अभियानमा विभिन्न विषयहरुमा प्रस्तुतीकरण दिइने छ।

    सभ्य सृजना प्रा.लि.को प्रस्तुति र स्कुल फाउण्डेशनको आयोजना रहेको ` थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´ नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग र बुढानिलकण्ठ नगरपालिकाकाे सहकार्यमा यही असार १०, ११ र १२ गते काठमाडौं जिल्लाको बुढानीलकण्ठ नगरपालिका भित्रका ३ स्थानमा सञ्चालन गर्ने क्रममा पहिलो दिनको कार्यक्रम वडा नं १० मा सम्पन्न भएको थियो।

    नेपालीहरुमा रहेका गिरवी , अशिक्षा, पछौटेपन, बसाईँसराईँ, बेरोजगारी, विदेशिनु जस्ता विधमान समस्याहरुले युवाहरुमा नकरात्मक सोच, हीन भावना, देखासिकी, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको दुरुपयोग जस्ता विविध समस्याहरु वढ्दै जाँदा कुलतमा लाग्ने प्रक्रिया तीव्र रूपमा वढ्दै गएको अवस्थामा Drug, HIV प्रभावित र प्रभावोन्मुख क्षेत्रहरुमा स्कुल फाउण्डेशनले सोही विषयमा वनाइएको चलचित्र सिग्नेचर प्रदर्शन, मनोपरामर्श, जनजागरण र उत्प्रेरणा जस्ता कार्यक्रमहरु प्रस्तुत गरिएको दोश्रो दिनमा बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरु तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

    यो अभियान र चलचित्रलाई यूएनएआइडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालय लगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटीले प्रसंसा सहित उत्प्रेरित गरेका छन् ।

    स्वास्थ्य मन्त्रालय (NCASC) वाट Award Of Excellence प्राप्त ‘ थिङक पोजेटिभ ग्लोबल क्याम्पियन’ यसभन्दा अगाडि पनि देशका विभिन्न जिल्लाहरुमा सञ्चालन भैसकेको थियो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै