•            
    • TOKHA LIVE

    • २ जेष्ठ २०७७, शुक्रबार १४:५१

    महिना दिनसम्म अचानक आकाशबाट चन्द्रमा बेपत्ता भएको रहस्य पत्ता लाग्यो

    आकाशबाट चन्द्रमा गायब भएको कुरा हामीले सायदै हामीले सुनेका होलाउँ ।

    हामीले कथा,कहानीमा मात्र चन्द्रमा आकाशबाट गायब भयो भन्ने कुरा सुनेका हौँला । तर एक पटक वास्तवमा नै चन्द्रमा आकाशबाट गायब भएको थियो ।

    हामीलाई विश्वास लाग्दैन तर यो कुरा सत्य हो । आज भन्दा ९१० वर्ष पहिला चन्द्रमा आकाशबाट अचानक गायब भएको थियो ।

    त्यो पनि केहि समयका लागि मात्रै होइन, महिनासम्म नै गायब भयो । उक्त रहस्य अहिले आएर वैज्ञानिकहरुले बताएका पत्ता लगाएका दाबी गरेका छन् ।

    यसको लागि वैज्ञानिकहरु लामो समय यता खोजी गरिरहेका थिए । यसको पछाडीको रहस्य अन्य केहि नभएर स्वयं पृथ्वी भएको वैज्ञानिकहरुको दाबी छ ।

    शताब्दीसम्म मिलेको थिएन रहस्य:-

    वास्तवमा, ९१० वर्ष पहला चन्द्रमा आकाशबाट बेपत्ता भएको थियो । लगभग एक महिनासम्म मानिसहरुले चन्द्रमा देख्न पाएका थिएनन् ।

    यसको पछाडीको रहस्य वैज्ञानिकहरुका लागि पनि रहस्य नै बनेको थियो । यस विषयमा धेरै रिसर्च भयो तर अहिलेसम्म यस बारेमा कुनै पनि रहस्य पत्ता लाग्न सकेको थिएन ।

    स्विट्जरल्याण्डको जिनेभा युनिभर्सिटीका शोधकर्ताहरुले एक शोध गरेका छन् ।

    यो शोध क्लाइमेट एण्ड सोसाइटल इम्प्याक्ट अफ अफोरगोटन क्लस्टर अफवाल्क्यानिक इरुप्शन्स इन ११०९ १११० सीई शीर्षकबाट नेचर जर्नलमा प्रकाशित भएको छ ।

    यसै शोधमा चन्द्रमा गायब भएको रहस्य पनि सामुने आएको छ ।

    के थियो चन्द्रमा बेपत्ता हुनुको रहस्य ?

    शोधकर्ताहरुका अनुसार ज्वालामुखीको ताप, सल्फर र चिसो मौसमको कारण चन्द्रमा बेपत्ता भएको शोधबाट पत्ता लागेको ।

    रिसर्चमा वर्ष ११०८ को मध्यमा आइसल्याण्डको भयानक ज्वालामुखी विस्फोटमा भएको थियो । त्यसपछिलगातार सानासाना विस्फोट भईरह्यो ।

    जसका कारण पृथ्वीको वायुमण्डलमा अचानक सल्फरको मात्रा तीव्र गतिले वृद्धि हुन थाल्यो । जाडोका कारण हावामा सल्फर घुम्न थाल्यो ।

    जसका कारण सबैतिर अध्यारो हुन थालेको थियो । यसै कारणले चन्द्रमाको प्रकाश कालो देखियो ।

    चन्द्रमा गायब भएको रहस्य पनि यहि नै भएको शोधबाट वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

    वैज्ञानिकहरुले त्यो बेला ठाउँ ठाउँमा सल्फर बर्फमा जमेको पाएको बताएका छन् ।

    एजेन्सीको सहयोगमा

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै