•            
    • Hikmat Dangol

    • १८ जेष्ठ २०७७, आईतवार २०:१२

    पौभा : चित्रकलाबाट विश्वमा नेपाल चिनाउँदै

    हिक्मत डंगोल३० वर्ष अघि टोखामा जन्मेका बहुप्रतिभाशाली कलाकार रवि श्रेष्ठ नेवारी परम्परागत पौभा : चित्रमा चिनिएका हस्ताक्षर हुन् । एसएलसी सकाएर सृर्जना कलेज अफ फाइन आर्ट्समा पढदा सम्म पनि पौभा: को कलाकार बन्छु भन्ने पटक्कै लागेको थिएन तर कलाकार बन्ने संकेत भन्ने थियो।किनकी आर्ट्सका विधार्थी रवि स्कुले जीवन देखि कुनै खाली पाना भेट्यो कि त्यसमै चित्र औधी राम्रा बनाउँथे।गुरू र साथीहरू पनि उनले बनाएको विभिन्न चित्रको तारिफ़ गर्थे।रवि चाही मख्ख पर्थे , बस।त्यसबेला उनको शोख़ थियो।विभिन्न देवी देवताको चित्र बनाउने।

    रवि भन्छन-“पेन्टिग बनाउने र सिक्ने घरकै वातावरणमा हुर्कदा अनि कलेजका एक जना साथीको सल्लाहले म पौभा: चित्रकलामा थाहै नपाई तानिएछु ।”

    परिवारमा उनको बुबा-आमा खेती किसानी गर्नुहुन्थ्यो।तसर्थ परिवारमा उनी भन्दा अघि पौभा: चित्र बनाउने अरू थिएनन्। पहिला देखि नै धेरै देवताको चित्रहरू मात्रै बनाउने गरेकाले जहॉ पनि धार्मिक चित्रहरू देखेर उनलाई मान्छे वाँ प्रकृतिको चित्र बनाउन कहिल्यै मन लागेन।उनको मन पौभातिरै गयो।

    पौभा: भन्नाले पौभाः भन्नाले नेपालका नेवार जातिहरूको मौलिक परम्परागत चित्रकला भनेर बुझिन्छ।यो चित्रकला तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग पनि मिल्दोजुल्दो हुन्छ।कपडामा लेखिने यो पौभा: चित्रकला देवीदेवताका चित्र अथवा कुनै धार्मिक कथासंग सम्बन्धित चित्रहरू बनाउने गरिन्छ।धार्मिक पुस्तकमा उल्लेख भएको उपदेश, कथाहरूको अध्ययन गरी तिनलाई प्रतीकको रूपमा विभिन्न मुद्रा , आसन, तथा प्रतिमा लक्षण मिलाई पौभा: मा उतारिन्छ।स्व: अभ्यासले नै पौभा: बनाउन जानेका लोक यसले आध्यात्मिक शिक्षा दिने बताउँछन्।

    पौभा: चित्रकलाका विषय धेरै हुन्छन्। यो महायान र बज्रयान दर्शनबाट पनि प्रभावित छ।यसैगरी शाक्त, शैव र वैष्णव पनि पौभा: चित्रकलामा उतारिन्छ।रविले बनाएको थुप्रै पौभा: कला जापान र चीनमा पुगेका छन्।थुप्रै पटक सामूहिक प्रदर्शनी गरिसकेका उनले टोखामै रहेका आर्थिक स्थिति कमजोर भएकाहरूलाई सिकाउने अवसर पनि पाएका छन्।उनको पहिलो नेपाल अधिराज्य भरिमा पौभा: चित्रमा पहिलो स्थान प्राप्त गरी २०७६ सालमा राष्ट्रीय ललित कला पुरस्कार हात पारेको थियो। यसबाट उनी नगद ६० हज़ारबाट सम्मानित भएको थियो।उनले जितेको सो चित्रकों नाम राखेका छन्- ज्योतिरूप साक्षात्कार ।उनी पौभा: चित्रकलामा लागेको एक दशक नाघिसक्यो।यो अवधिमा उनले बौद्ध, शाक्त, भैरव र वैष्णव धर्मका दर्जनौ पौभा: चित्रहरू बनाई सकेका छन्। एउटा पौभा: चित्र बनाउन एक महिना देखि २/३ वर्ष सम्म लाग्ने गरेको छ।रवि भन्छन ।धार्मिक आस्थाबाट प्रारम्भ भएको पौभा: अहिले आधुनिक चित्रकलाको दॉजोमा चर्चामा नआए पनि यसको महत्व घटेको छैन।खर्चिलो र बढी समय लाग्ने भएकोले यसमा। लाग्नेहरू थोरै छन्। व्यक्तिगत तवर बाहेक यो कला सिकाउने ठाउँ नेपालमा छैन। ललित कला क्याम्पसले पनि यस तर्फ ध्यान दिन सकेको छैन।परम्परागत पौभा: कलाबाट नेपाललाई चिनाउन सकिन्छ भन्ने धारणा राख्ने रवि पौभा: चित्रकलाबारे यसरी प्रस्ट्याउँछन्, – “पौभा चित्रकारिता नेपालकै मौलिक कला हो, यो कुनै विदेशी कलाबाट प्रभावित भएर सिर्जिएको कला होइन । त्यसकारण पनि मलाई पौभा चित्रकारिता गर्दा एक प्रकारको आनन्द र आफ्नोपन महसूस हुन्छ ।”

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै