•            
    • Hikmat Dangol

    • २ भाद्र २०७७, मंगलवार ०८:५९

    भर्जिन रारामा ६ बजेको संयोग, (भाग- ५)

    • बाबुराम घिमिरे PHD SCHOLAR

    रारा छेउमै पुग्दा पनि अझै ‘कस्तो होला रारा ताल ? मनमा कौतुहलता चलिनैरहेको हुन्छ । सल्लाघारीको बीचबाट विशाल गोरेटो छ । जंगलभित्र छिर्नकठिन हुने बुट्टयानहरूका साथमा रूखका हाँगाहाँगासम्म फैलिएका सुकेकालेउहरू, झाडीका बीचमा आउने झ्याइँकिरीको आवाजसँगै जंगली संगीत, एउटा नसोचेको दिव्य संसार, त्यही हो रारा । त्यसमा पनि राराले फेर्ने विभिन्नरुपले पनि सबैको मन तानेको हुन्छ । यसैको लोभ र आशमा, आजकै दिनपैदल मात्रै तीन घण्टा अघिनै हिँडिसकिएको छ |

    २०७६ साल असोज २४ गते समय ३: १५ बजे मुर्मा गाउँबाट, मुर्माटप प्रस्थान,नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । मुगुजिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स. २०२०सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए । रारा भ्रमण गर्नउपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्तहुन्छ । मेरो उपयुक्त समय दसैं तथा तिहारको बीचमा बिदा परेको बेला हो | आसोजको मौसममा बिभिन्न फूलहरू पहिरिएर स्वर्गकी अस्सरा झैं देखिनेरारा तालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएकोछ । सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर बस्दा त बर्णन गर्ने शब्द नैनभएको महशुस हुन्छ । राराबाट पश्चिमतर्फ तीन घण्टा हिडेपछि पुगिनेमुर्माटपबाट राराको मनोरम दृश्य सैपाल हिमालको अवलोकन गर्न पाइन्छ ।

    समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा तालको लम्बाई३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८किलोमिटरमा फैलिएको छ । आन्तरिक पर्यटकले पनि सिजनको बेला सहजैबासपाउने अवस्था छैन, आएका पाहुनालाई पाल टाँगरे राख्ने गरिन्छ । त्योपनि झनै रमाइलाे हुँदो रहेछ | तर आफ्नोशरीर अनुसार बेलुका अलि बढी नैचिसोको ख्याल गर्नुपर्ने हुन्छ | यही तालको पुरा आकृती हेर्नको लागि समुन्द्रीसतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो। घामको किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ । यिनै सामग्रीलेतानेको हो मलाई रारा यात्रामा | त्यसको लागि धेरै धेरै धन्यवाद विभिन्नइन्टरनेटका साईटहरुलाइ, मैले मुर्मा टप सुनेको त्यही इन्टरनेटबाट नै हो |

    जब सपरिवार मुर्माटप पुगियो, बेलुकाको ६:० बजिसकेको सकेको थियो | केही समयपछि डाँडामा घाम डुब्दै थियो | मनोरम दृश्यले उकालो चड्दाढुंगाको सिंढीमा चिप्लिएर लडेका घाउहरु, उकालोमा ठोक्किएका चिनो हरु, समातेका हाँगाहरु भाँचिएर पछारिएका यादहरु, उकालोमा पानीको प्यासलेप्याकप्याक भएको अवस्थामा सम्झिएका तिर्खाहरु, छोराछोरी बीचैमा फर्केरजान्छु भन्दा फर्काउनु परेका वार्तालापहरू, थकाई मारेर सम्झनुपर्ने बेलामा,तल राराको दृश्य जब देखियो, तब सबैले दुख र पिडा बिर्सिए | डाँडामा घामर पोखरीमा घामको मधुरा किरणहरु विदा हुन लागिरहेको अवस्था थियो |मुर्माटपको टुप्पोमा छाना सहित चारैतिर  बार्दली  राखेर बनाइएको घरजस्तोविश्रामस्थल छ | त्यसैमा बसेर प्राकृतिक छटा हरुलाई १५ मिनेटसम्मएकोहोरो हेरिरहयौ | मुर्मा टप बाट ठूला ठूला पाटन देख्न सकिन्छ, पाटनमाभेडा, घोडा चरेको मनोरम दृष्यले खुट्टा दुखेको अनुभव नै हुँदैन ।

    अब हामीले फोटोसेसनहरुमा अर्को १५ मिनेट मात्रै समय खर्च गर्यौं | अनिफर्कने योजना बनाइयो, हाम्रो समय विवशता यस्तै थियो | जबकि यहाँ फुर्सदलिएरआएर एकदिन भरी बिताउँदा हुन्छ | यही बेलामा एउटा हेलिकप्टरआइपुग्यो निकै टाउकै नजिक छ जस्तो गरेर | हामीले आपसमा हात हल्लाईमान्छेले मान्छेहरु देखियो | अरु दृश्यको बयान कसरी गरौ त्यहाँबाट हेर्दा, रारा नजिकैको छातीमा फैलिएको घाँसेमैदान, कोणधारी हरियो वन, चारैतिरठूलो चौर, माथि नीलो आकाश, उत्तरतर्फ लस्करै हिमशृंखला, झरना अनिचिसो सिरेटोसँगै लुकामारी खेलेका सेता बादलको घुम्टोमुनि मनोरम दृश्यलेसबैको थकान भुलाइदिन्छ । क्यानभासीय दृश्य यस्तो थियो भनेर बयान गरेरसम्भव छैन, अरु कैयौं भाग लेख्नुपर्दछ | स्वर्ग र नर्गको विश्वास गर्न सकिँदैन,तर विश्वमा कतै छ स्वर्ग भने यही हो | पछि पुस्तकमा ल्याउँदा यसलाईपरिमार्जित गरेर ल्याउने वाचा गर्दछु |

    हाम्रो बासस्थान मुर्मा गाउँमा फर्कंदा ८:० बजिसकेको थियो | हामीलाईआराम गर्ने बाहेक अरु कुनै केही रमाइलो चाहिएको थिएन | हामी एउटास्वरुप मात्रै उभिएका थियौं | खाना सह्रानीय थियो, सेवा सह्रानीय थियो | हामी बस्ने घर, बिहान मैले छाडेको घर भन्दा सामान्य देखिन्थ्यो, तरव्यवहारमा महानता थियो | खानाको पैसा सस्तो थियो १/२ घरको बीचमापनि यति अन्तर हुँदोरहेछ | नयाँ पर्यटकले कसरी थाहा पाउने? ठगिनेसम्भावना कति हो कति?  मैले नाम सम्झन सकिँन कलेज पढ्दै गरेकाभाइको रहेछ, हामीले हाम्रो शिक्षकको परिचय दिएपछि उनी निकै खुसी भए | ज्यान दुखेको औषधि, तोरीको तेल तताएर शरिरमा सबैलाई सुत्केरी जस्तोलाउने व्यवस्था मिलाई ९:00 बजे म पनि सुते |

    २०७६असोज २५ गते बिहानै ६:० बजे यात्रा तय भयो, ४ वटा घोडा तय गरेररारातालमा डुङ्गाहरु लाग्नेभन्दा १ घण्टाअगाडि नै व्यवस्था मिलाईसडकसम्म पुरै दिने व्यवस्था एकमुष्ट १२००० मा ४ जनाको लागि | यो हिसाबअकल्पनीय सस्तो हो, अघिल्लो दिनको तुलनामा | घोडा द्वारा मूलसडकभेट्ने सम्म भएपछि झण्डै ४ घण्टाको बाटो पैदल हिन्ने परेन | त्यही भाइलेसम्पर्क गरिदिएर, सुर्खेत सम्मको जीप व्यवस्था पनि गरिदिएका थिए | हामीलाई झ्याप्ले खोलामा बस्नु भनिएको थियो, हामी त्यसै गर्यौं | हामीलगातार फोन गर्दै आएका छौं, जीप वाला सँग | 

    हामीलाई भनेको गाडि १०:३० बजे सम्म नआएपछि मात्रै फोनमा थाहाभयो,गाडी हामीलाई छोडेर गैसकेको छ | हामी ढिलो आएको पनि होइन, अर्कोमान्छे पाउनेबित्तिकै बोकेर हिँडेछ | हामी यस्तो ठाउँमा छौं कि, गाडीको टिकटकाउन्टर भन्दा ३/४ किलोमिटर अगाडि | यहाँसम्म चार सिट खाली गरेर अरुकुनै जिप आउने कुरै भएन | गाडी छुट्ने समय भइसकेको छ, अब हामीसँग कुनै विकल्प छैन | सबै जिपहरु गैसकेका छन्, हाम्रो यात्राको अर्को दशा नै सुरु भयो | भोक लागेकोले हामीले यही खाना खायौं | हामी हिजो बसेको घरर यो होटेलमा नातागोता पर्दोरहेछ | होटेलमा सामान बेच्ने गाडीले भरे जसरी नाग्म सम्म पुर्याउँछ भन्ने भयो, हामी हुन्छ भनेर टाटा मोवाइलको पछाडिसामान माथि यात्रा गर्न तयार भयौं | तर केही किलोमिटर वर गुठीजुलामापुगेपछि, हामीलाई उसले नलाने, तपाईहरु यहीँ बस्नुस् भनेर झारिदियो | उसलाई  मैले केही प्यासेन्जर ल्याएको छु, मेरो केही जिम्मेवारी छ, भन्ने कुनैमहसुस नै भएको थिएन | त्यो भन्दा अगाडि उसलाई केही फोन आएको थियो| हामीलाई बानी परिसकेको थियो नबोली झर्यौ, किनभने यो रोडमा गाडीवालाको दादागिरी  चल्दोरहेछ | 

    एउटा सुखद पक्ष, अस्ति राति अन्ध्यारोमा गएको बाटो, अहिले भने सिंजाउपत्यकाको सिरमानै अत्यन्तै मनमोहक दृश्य धान खेत, धान काटिएको, धानझार्दै गरेको आदि दृश्यहरु देख्ने मौका पाईयो | यो खस राज्यको भाषा, संस्कृतिको उद्गमस्थल हो | मुसलमानको लागि मक्का मदिना जस्तै हो हाम्रोलागि यो | यसलाई व्याख्या गर्दै जाँदा सिंगो नेपालको उद्गमस्थल हो यो |किनकी आज यसै भाषा संस्कृतिले नेपालमा राज्य गरेर गरिरहेको छ | आँखिर घुम्ने आइएको हो, घरैमा बसेजस्तो कहाँ हुन्छ त? सुखदुःखकाअनुभवहरु संकलन हुन्छन् नै, भनेर चित्त बुझाइयो | 

    त्यो ठूलै बजार रहेछ, त्यहाँ बसपार्क पनि रहेछ | केहीबेर बसेपछि थाहा भयो, आज कुनै पनि गाडी जाँदैन भोलिमात्रै जान्छ | अब बाध्य भएर त्यहीँ बास बस्नुपर्ने देखियो, त्यसो गर्यो भने काठमाडौँ पुग्न अर्को दुईदिन बढी लाग्नेपक्का भो | सम्बन्धित पक्षहरुसँग यातायातमा गई छलफल गर्दा, २० जनाजति भए गाडी जान्छ भन्ने सल्लाह भयो | त्यसैले मैले सुर्खेत जाने को कोहुनुहुन्छ? काठमाडौ जाने को को हुनुहुन्छ? भन्दै सबै मान्छेलाई खोजेर लिष्टतयार गरि काउन्टरको जिम्मेवार मान्छेलाई बोलाई/फर्काई, अनुरोध गरी ड्राइवर खलासीलाई चित्त बुझाई, गाडी त्यहाँबाट हिँडाउने वातावरण गरियो | यो जीवनको आर्को अनौठो अनुभव संकलन गरियो, नयाँ ठाउँमा | गाडी चल्नसुरु भयो, खुसीको सिमा नै रहेन | तर गाडी पुरै गन्हाएको थियो | कच्ची बाटो, पुरानो गाडी, अनौठो खालको आवाज, दिक्कलाग्दो गन्तब्यमा पुग्न नसक्नेअनौठो यात्रा, रातको ८: ० बजे मात्रै, हामी नागमा बजार  पुगेर बास  बस्यौं| तर लक्ष्य चाहिँ मान्म पुग्ने थियो |

    २०७६असोज २६ गते बिहानै ६:० बजे पुनः यात्रा तय भयो | हामी बेलुकाको६:० बजे सुर्खेत बजार आइपुग्यौं |अघिल्लो दिन आफन्त कहाँ बास बस्ननपाएको हुनाले, हामी आफन्तकहाँ बास बस्न पुग्यौं, भव्य स्वागत गर्नुभयो | अहिले हामीलाई आफ्नै घर आए जस्तो लागिसकेको छ | जबकि हामी सुर्खेतपहिलोचोटि पुगेका मान्छे, उहाहरु को छोरी काठमाडौंमा हाम्रो घरमा बस्ने रहामीहरु पनि सपरिवार चिनजान गरौं भन्ने उद्देश्यले आएका आफन्त हौं | हाम्रो सम्बन्ध निकै अगाडिदेखि चिनजान भएजस्तो व्यवहारमा परिणत भएकोछ | खानपिनको व्यवस्था हुनु भन्दा अगाडी, सुर्खेतको घण्टाघर, ठूलो रमणियउद्यान, उक्त घन्टाघरको टपमा चढेर सन्ध्याकालिन सुर्खेत बजार अवलोकनगरियो, केहि फोटाहरु लियो, सुर्खेत आएपछि मात्र, हामीले फेसबुकमा केहीफोटाहरु अपलोड गरी खानपिन पछि, यात्रा विवरणका सामान्य कुराकानीहरु गरेर सुतियो |

    २०७६असोज २७ गते बिहानै ६:० बजे सुर्खेत काठमाडौँको यात्रा तयार भयो | दशैँको बेला चोरीको बिगबिगी थियो, फेसबुकमा फोटो राख्दा मान्छेघरबाहिर रहेछ भन्ने जानकारी हुन्छ, त्यसैले राख्नु हुँदैन भन्ने आधारमाहामीले राखेकै थिएन | आफन्तहरु, छरछिमेकीहरु इष्टमित्रहरूसाथीभाईहरुको र हाम्रो सम्पर्क हुनसकेको  थिएन | शंका उपशंका धेरैकथाहरु बुनिसकेका रहेछन, जुन कुरा स्वभाविक थियो | हामीले दुईघरबाहेक अरु कसैलाई पनि जानकारी  गराएको थिएनौं | धेरैजनाले, पक्कैहामी सबैलाई कहाँ केभयो? सपरिवार नै सम्पर्क छैन | सबैलाई सम्पर्क फोनगर्ने मान्छे हो, उ एकान्त रहने मान्छे होइन भन्ने खालको आ-आफ्नो घरकोबीचमा वार्तालाप भएको रहेछ | कतै जानकारीको गराउने हो कि टेलिभिजनरेडियो आदिमा भन्ने सम्मका कुराहरु परिबारको रहेछ | 

    कर्णालीको यात्रा साँच्चै अनौठो रह्यो | नेपालमा विधुत, संचार आदि विकासनिर्माणका कुरा, एक्काइसौं शताब्दीका कुरा हुँदै गर्दा, फोन नलाग्ने समस्याहामीले प्रत्येक्ष रुपमा भोग्यौं | यसको असरका बारेमा पनि थप महसुस भयो | कहिं कतै फोन टिपेमा त ठुलो खुसियालीको कुरा हुँदो रहेछ | मैले योजनाबनाउँदै गए, पीडा र न्यास्रोमा परेका छिमेकीलाई पनि एउटा खालको पीडा रन्यास्रो हटाउने र पुनर्मिलन गराउने उद्देश्यले हामी बेलुकाको ६:० बजे नै घरमाखानपिन र एउटा ठूलो भोज जस्तो आयोजना गरी राराको यात्रा पुरा गर्यौं | तेती खेरको निर्णय अनुसार  सपरिवार धेरै लामो यात्रा नगर्ने  निर्णयमा पुगेकाछौं | जय रारा ताल |

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै