•            
    • Hikmat Dangol

    • ७ जेष्ठ २०७७, बुधबार ०२:२४

    डॉडा गाउँबाट प्याराग्लाइडिङको सफल परीक्षण

    शिवपुरी राष्ट्रीय निकुंज भित्र रहेको डाँडा गाउँ बाट सोमवार प्याराग्लाईडिङको सफल परीक्षण गरिएको छ । समुन्द्र सतह बाट २ हजार मिटर भन्दा माथिको उक्त स्थानबाट गरिएको परिक्षण टोखा नगरपालिका वडा नं. -२ स्थित चण्डेश्वरी मन्दिरको पश्चिमी इलाकामा अवतरण गरिएको थियो । कोरोनाको विश्वव्याधि महामारीले आक्रान्त भए संगै प्याराग्लाइडिङ उडानमा अवरोद्ध हुने भएपछि साहसिक खेलको रुपमा अत्यन्त रुचाइएको प्याराग्लाइडिङ गर्नका लागी वैकल्पिक स्थानको पहिचान गर्न विभिन्न स्थानहरुमा परिक्षण उडानहरु भइरहेका छन् ।यस क्रममा प्याराग्लाइडिङको सम्भावना मानिएको डाडॉ गाउँबाट पनि परीक्षण गरिएको हो । नेपाल प्याराग्लाईडिङका सोलो पाइलट गगन श्रेष्ठले लकडाउनको समयमा प्याराग्लाइडिङ एकैपटक उडान गरी सफल अवतरण गरेको जानकारी टोखा लाइभलाई जानकारी दिए । उनले डॉडा गाउँबाट व्यवसायिक रुपमा प्याराग्लाइडिङ गर्न सकिने बताएका थिए ।सोलो पाइलट गगनले सफल उडानपछि काठमांडौंको दृश्यवलोकनको लागि महत्वपूर्ण स्थान रहेकाले व्यवसायिक रुपमा अगाडी बढाउन सकिने कुरा व्यक्त गरे । उनले लक डाउन खुले लगत्तै टोखा नगरपालिका वडा नं २ र ३ का स्थानियहरुलाई समेटेर समिति निमार्ण गर्ने बताएका छन् । साथै उनले प्याराग्लाइडिङका लागी उड्यान मन्त्रालयको स्वीकृति लिनको लागी पहल समेत गर्ने बताए । गगनले भने “हामीले प्याराग्लाइडिङसगै होम स्टेलाई व्यवस्थित र विकास गर्दे लग्यौं भने पर्यटकलाई आकर्षित गर्न सक्छौँ । “ उनले यसबाट रोजगारको सिर्जना गरी आर्थिक रुपमा टोखावासीलाई सबल बनाउन सकिने बताए ।

    समुन्द्री सतह देखि करिब २ हजार उचाईमा रहेको डाडॉ गाउँमा होमस्टेको रुपमा विकास भइरहेको छ । त्यहाँबाट काठमांडौं उपत्यका को मनोरम दृश्य प्रष्ट रुपमा देख्न देख्न सकिन्छ । प्याराग्लाइडिङको सफल अवतरण पश्चात् टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपक राज जोशी लगायत स्थानीयहरुले सोलो पाइलट गगन श्रेष्ठलाई भव्य स्वागत गरेका थिए ।

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै