•            
    • TOKHA LIVE

    • ९ फाल्गुन २०७८, सोमबार १०:५५

    आकर्षणको केन्द्र बनेको छ नारायणेश्वर महादेव

    टोखालाइभ डट कम/ फाल्गुन ९

    काठमाडौं /साँखुको पुरानो तिर्थस्थल भएर पनि प्रचार प्रसारक कमीले गर्दा ओझेलमा रहेको नारायणेश्वर महादेवस्थान अर्थात् महाद्यः नारायणेश्वर महादेव ६४ लिंगहरुमध्ये एक नारायणेश्वर भएको हुँदायहाँ भक्तजनहरुको भीडभाड समय समयमा हुनेगर्दछ । साँखु सालि नदीदेखि करिब २ किलोमिटर उत्तरमा रहेको सालि नदीको मुहान लप्सेफेदीको वडा नं. ५ अवस्थित श्री नारायणेश्वर महादेव स्थान श्री स्वस्थानीमा आधारित पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत पूजा गरेको ६४ लिङ्ग मध्ये ३३ सौँ स्थानमा पर्दछ ।

    धार्मिक महत्वले भरिपूर्ण यस स्थान प्राकृतिक सौन्दर्यताको हिसाबले  उत्तिकै भरिपूर्ण छ। काठमान्डौको कोलाहल भन्दा थोरै मात्र टाढा वरिपरिको हरियाली जंगल, चराहरुको चिरबिर चिरबिर, झरनाहरुको झरझर सँगै स्वच्छ खोलाको कल कल आवाजले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउछ। त्यसैले यस स्थान आजकाल प्रकृतिप्रेमीको रोजाइमा पर्न थालेको छ।

    परापूर्वकालमा यस कुण्डमा नुहाईवरि कुनै पनि शुभकार्यकोलागि आवश्यक भाडावर्तनकोलागि सहयोग माग्दा भगवानले पठाइदिने र पछिफिर्ता गर्ने प्रचलन रहेको यस कुण्डमा एकपटक एकजना भक्तजनले जुठै भाँडा भगवानलाई बुझाउन पुग्दा त्यत्तिबेलादेखि सो कुण्डमा स्नान गरेर भाँडा वर्तनको लागि पुकारा गर्दापनि भगवानले दिन छाडेको भनाई प्रसिद्ध रहेको छ । त्यस्तै यस कुण्डमा ठूलो स्वरले कराउँदा समेत खोलामा रहेको झरनाको कारण स्वरसानो भई नसुनिने भएको हुँदा भगवानलाई ठूलठूलो स्वरमा पुकारा गर्नुपर्ने भएकोले वैरोमहादेवबाट वैरमहादेव भएको कथनपनि सुन्नमा आउँछ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै