टाेखालाइभ डट कम/नविना श्रेष्ठ
भदौ ५,२०७९
बूढानीलकण्ठ नगरपालिका भित्रका सबै बिद्यालयमा तत्काल स्काउट शिक्षालाई लागु गराउन पहल गरिने मेयर मिठाराम अधिकारीले दावी गरेका छन् । बूढानीलकण्ठ स्थानीय स्काउट संरक्षक, प्रमखु स्काउट एवं स्थानीय स्काउट परिषद पदेन सदस्य सचिव पदको सपथ तथा गोपनीयताको कार्यक्रम सम्पन्न भएको छ। साथमा कोभिड–१९ को समयमा दिन रात नभनि समाजी सेवामा खतिएका स्वयंसेवक हरुलाई पदक वितरण गरेको थियो।
कार्यक्रममा भने स्थानीय स्काउट संयोजक गंगा लाल महर्जन (प्रनेल)को आफ्नो ठूलो बुबाको मृत्युको कारणले उहाँले सभापतिको आसन ग्रहण गरेका थिएनन्। त्यसै गरी तदर्थ समितीका सदस्य ईन्द्रमणि दाहालको सभापतित्वमा कार्यक्रम सञ्चालन गरेका थिए। प्रमुख अतिथी भने नेपाल स्काउट,वागमति प्रदेश तदर्थ समितीका संयोजक शिवराम अर्यालले स्थानीय स्काउट संरक्षक बढूानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी,स्थानीय स्काउट प्रमखु उप–मेयर अनिता लामा र स्थानीय स्काउट परिषद सदस्य सचिव – बढूानीलकण्ठ नगरपालिका शिक्षा अधिकारी ललित बिक्रम सिङ्ग लाई पद तथा गोपनियताको दिक्षा दिएको थियो।
सोहि अवसरमा कोरोनाको समयमा गरेको समाजिक कामको मुल्यांकन गरि नेपाल स्काउटद्वारा प्रदान गरिएको कोभिड– १९ स्वंयमसेवक पदक प्राप्त गर्नुहुने २१ जना स्काउटर तथा स्काउटहरुलाई कोभिड– १९ स्वंयमसेवक पदक पनि बितरण गरिएको हो। मेयर तथा संरक्षक मिठाराम अधिकारीले स्काउट एक अनौपचारीक शिक्षा प्रदायक स्वयमसेबि सस्था भएको कारणले जनजिवनमा आवस्यक औपचारीक शिक्षाको अलावा अन्य सिकाईका थुप्रै सिप पनि आवस्यक पर्ने हुदा आजको समयमा स्काउटको आवश्यकता बढेको बताउनुभयो।
यस्तै प्रमुख अतिथी नेपाल स्काउट,वागमति प्रदेश तदर्थ समितीका संयोजक शिवराम अर्यालले संरक्षक बूढानीलकण्ठ नगरपालिकाका मेयरले अबका दिनमा स्काउट गतिबिधिलाई ससत्त रुपमा अगाडि बढाउनेमा बिस्वास व्यक्त गरेका छन्। स्काउट गतिबिधिलाई चलाएमान बनाई ७५३ वटै स्थानिय तहमा पुर्याई गतिशिल बनाउनेमा राष्ट्रीय प्रधानकार्यालय प्रति आभार ब्यक्त गर्नुभयो । बूढानीलकण्ठ नगरपालिका शिक्षा अधिकारी ललित बिक्रम सिङ्ग उहाँले पनि बूढानीलकण्ठ नगरपालिकामा रहेको विद्यालयमा स्काउट शिक्षालाई लागु गराउन पहल गर्ने जानकारी दिनुभयो।
सो कार्यक्रम भने रेन्जर लिडर तारादेवि सिवाकोटीले सञ्चालन गरेको थियो भने स्थानीय स्काउट तदर्थ समितीका सदस्य समिर बास्तोलाले स्वागत मन्तब्य राखेका थिए।
कार्यक्रममा भने बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु र विद्यालयका प्रधानाध्यापक नेपाल स्काउटका स्काउटरहरुको उपस्थित रहेको थियो।