•            
    • TOKHA LIVE

    • ३० पुष २०७८, शुक्रबार २१:२४

    सम्माननीय राष्ट्रपति भण्डारी र सुदुरपश्चिम प्रदेश स्काउट मास्टरहरुबीच भेट

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/पौष ३०,२०७८

    सम्माननीय राष्ट्रपती बिद्यादेवी भण्डारी र सुदुरपश्चिम प्रदेश स्काउट मास्टरहरुबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रपती बिद्यादेवी भण्डारीले ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र, ककनीमा बि.टी.सी, पी.टी.सी तालिम सम्पन्न गरेका सुदुरपश्चिम प्रदेशका स्काउट मास्टरहरुलाई भेटघाटका अवसरमा सम्माननीय राष्ट्रपतिले दीक्षित स्काउट मास्टरहरुलाई बधाई समेत दिनु भयो ।

     


    भेटघाट समारोहमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारी, सदस्यहरु बिजेन्द्र ध्वजु, शिब बहादुर भण्डारी, नेपाल स्काउट सुदुरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापा, नेपाल स्काउट एवम् विश्व स्काउटका कन्सल्ट्याण्ट देवराज घिमिरे, WAGGGS Global Programmes Manager प्रेरणा शाक्य एवम् नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरका कर्मचारीहरुको सहभागिता रहेको थियो । सम्माननीय राष्ट्रपतीलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले नेपाल स्काउटको स्कार्फ प्रदान गर्नु भएको थियो ।

    समारोहमा सम्माननीय राष्ट्रिपतीले नेपाल स्काउट बार्षिक प्रतिवेदन (२०२० – २०२१) को विमोचन गर्नु भएको थियो ।
    उक्त समारोहमा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक भण्डारीले विश्व स्काउटको मूल्य, मान्यता एवं आदर्शलाई आत्मसात गर्दै देशभरका १३,००० सामुदायिक विद्यालयहरुमा स्काउट शिक्षा पु¥याउँदै देशका दूर दराजबाट विकृति, विसंगती हटाउने अभियानलाई तीव्रता दिन नेपाल स्काउट लागि परेको बताए।

    नेपाल स्काउट कर्णाली प्रदेश संयोजक नरेन्द्र थापाले आर्थिक एवम् प्राकृतिक रुपमा पिछडिएको क्षेत्र सुदुरपश्चिमबाट छाउपडी प्रथा लगायतका सामाजिक कुरिती एवम् कुसंस्कारहरु उन्मुलनका लागि प्रशिक्षित स्काउट माष्टरहरु लाग्ने र सुदुरपश्चिमलाई एउटा असल स्काउट क्षेत्रको रुपमा उभ्याउँदै नमूना स्काउट क्षेत्रको रुपमा बिकास गर्ने प्रतिवद्वता ब्यक्त गर्नु भयो ।

    पुरुष सहभागीहरुका तर्फबाट जय बहादुर कार्की (बाजुरा) ले सम्माननीय
    राष्ट्रपतीलाई भेट्न पाउँदा आँफुहरु अत्यन्त खुशी भएको बताए। महिला सहभागीहरुका तर्फबाट सुमित्रा कुँवर (दार्चुला) ले राष्ट्रपती समक्ष आफ्ना प्रदेशका समस्याहरु राख्नु भएको थियो । आर्थिक, प्राकृतिक एवम् सामाजिक रुपमा पिछडिएको सुदुर पश्चिममा महिलाहरुका समस्या बढी भएको र ती समस्या समाधानतर्फ राष्ट्रपतीको ध्यान आकृष्ट गर्नु भएको थियो । साथै, देशको राष्ट्राध्यक्ष महिला नै भएको वर्तमान अवस्थामा महिला केन्द्रित समस्याहरु समाधान हुने कुरामा आफुहरु बढी नै आशावादी भएको कुरा ब्यक्त गर्नु भयो ।


    सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा सम्माननीय राष्ट्रपतीले समाज रुपान्तरणमा स्वयंसेवी संस्थाहरुको ठूलो भूमिका रहेको हुन्छ, स्काउट अनुशासन, नैतिकता एवम् आदर्शको पर्याय भएको हुँदा दीक्षित स्काउट माष्टरहरुले आफुले सिकेका ज्ञान, सीप बालबालिकाहरुमाझ बाँड्दै समृद्ध समाज निर्माणमा लाग्नु पर्ने बताउनु भयो । सम्माननीय राष्ट्रपतीले महिलाहरुको उत्थान एवम् सशक्तिकरणमा नै समग्र राष्ट्रको उत्थान निर्भर रहने हुँदा महिला उत्थान एवम् सशक्तिकरणका लागि आफुले सक्दो प्रयास गरिरहेको तथ्य सहभागीहरुलाई बताए।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै