•            
    • TOKHA LIVE

    • २२ भाद्र २०७७, सोमबार ०८:५३

    तारकेश्वर-५ मा रक्तदान सम्पन्न,उपमेयरले पनि रक्तदान गरिन:-

    टाेखा लाइभ भाद्र २२ काठमाडौं

    तारकेश्वर नगरपालिका वडा नं ५ को बोहोराटारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । देशैभर रगतको अभाव भइरहेका बेला लायन्स क्लब अफ काठमाडौं मिलन,खड्रिमल्याड आभार युथ क्लब, प्याराडाइज, किवानिज क्लब अफ बागमती नेपाल लगायतको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो । आपतकालिन रक्तदान कार्यक्रम नाम दिइएको सो अवसरमा ५२ जनाले रक्तदान गरेका थिए।

    कोभिड १९ ले गर्दा रगत अभाव भईरहेक बेला आयोजना भएको रक्तदान कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेल धितालले पनि रक्तदान गरेकी थिइन् । रक्तदानको अवसरमा लायन्स क्लबले रक्तदान बाहेकपनि विभिन्न सामाजिक कार्यक्रम गर्दै आईरहेको लायन्स क्लब ३२५ बि -१ का डेपुटी चिफ एडभाईजर शिवराम फुयालले बताए।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै