•            
    • TOKHA LIVE

    • १७ भाद्र २०७७, बुधबार १८:०२

    तारकेश्वरमा कोरोना संक्रमितको संख्या १३६ पुग्यो, आज मात्रै २१ जना थप नयाँ संक्रमण थपियो।

    आज कोरोना धेरै बढेको वडाहरुमा वडा नं. ३–४–८ रहेको छ ।

    टाेखा लाइभ,१७ भदौ, काठमाडौं ।
    तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १३६ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा ६२ महिला र ७४ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १४ महिला र १४ पुरुष गरी २८ जना रहेका छन् ।

    अहिलेसम्म १ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ४८ र पुरुष ५९ जना गरी १०७ जना पुगेका छन् । त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ४, वडा नं. २ मा ७ जना १ जना निको भइसकेका छन् । वडा नं. ३ मा ७ जना, वडा नं. ४ मा १६ जना जसमा २ जना निको भएका छन् ।

    त्यस्तै वडा नंं. ५ मा १५ जना जसमा ७ जना निको भएका छन् । वडा नं. ८ मा १९ जना ४ जना निको भएका छन् । वडा नं. ९ मा ११ जना, वडा नं. १० मा ४० जना जसमा १३ जना निको भएका छन् । वडा नं. ११ मा १७ जना १ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

    तारकेश्वर नगरपालिकाका स्वास्थ्य साखा प्रमुख जनार्दन अधिकारीका अबको केही दिनमै साङ्लाको आइसोलेसनमा बिरामी राख्ने तयारी भइरहेको बताउनुभयो । ५ प्रतिशत काम हुन बाँकी भएकाले बिरामी राखेका छैनौं, छिट्टै राख्ने तयारी भएको छ । नगरपालिकाले अहिले श्वाब संकलन कार्य बढाएको छ । तारकेश्वर नगरपालिकामा ६४१ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । आज कोरोना धेरै बढेको वडाहरुमा वडा नं. ३–४–८ रहेको छ।–फरकपत्रबाट

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै