•            
    • TOKHA LIVE

    • १५ भाद्र २०७७, सोमबार २०:४७

    तारकेश्वरमा कोरोना संक्रमित १ सय १३ जना पुगे, २८ जना निको:-

    टाेखा लाइभ,भाद्र १५ काठमाडौं
    । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ । नगरको स्वास्थ्य शाखाले तयार पारेको तथ्यांकका आधारमा ती संक्रमितमध्ये २८ जना निको भएका छन् । ८४ जना सक्रिय संक्रमितमध्ये ३८ जना कन्ट्याक्ट ट्रेसिंगबाट पोजेटिभ देखिएका हुन् । हालसम्म नगरका ५ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    तारकेश्वर नगरको वडा नं १० मनमैजुमा सबैभन्दा धेरै ३८ जना संक्रमित भएका छन् । वडा नं ५ गोलढुंगामा १५ जना र वडा नं ४ गोलढंगामा १० जना संक्रमित भएका छन् । त्यस्तै मनमैजु ८ र मनमैजु १० मा क्रमशः १२ जना र १० जना संक्रमित भएका छन् भने वडा नं ११ नेपालटारमा १६ जनालाई कोरोना संक्रमण देखिएको छ । वडा नं १ मा ४ जना, वडा नं २ मा ६ जना, वडा नं ३ मा २ जना संक्रमित छन् ।–तारकेश्वर अनलाईनबाट

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै