मेनुका कार्की /विपिन बोहोरा
टाेखा लाइभ भदौ ११काठमाडौं
तारकेश्वर नगरपालिका वडा नं १ स्थीत साङ्लामा कोरिडोर भत्कीएको छ । यो करिडोर पछि गएर रसुवा पुग्ने सुरुङमार्ग मा मिसिने जनाइएको छ। सडक निर्माणको क्रममा बाटोले पुर्णता नपाई एकै बर्षमा भत्किएको छ ।
करोडौं लगानीमा बनेको बाटोको अबस्था र सरोकारवाला निकायको कमजोरी एवं ठेकेदारको लापर्वाहीको र चेक ड्याम लगाउन अनुरोध गरिएको तर प्राविधिक कारणले चेक ड्याम लगाउन असफल भएकोले त्यो बिना नै निर्माण गरिएको ओडा अध्यक्ष विदुर सापकोटाले बताए । हाल सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बाटो हस्तान्तरण गरेको करिब ७ महिना मै भत्किएको र अब यस लाई एक वर्ष सम्म भत्किएको खण्ड मा पुन निर्माण गर्न ठेग्ग्ये दार कृष्ण गौतम अनुरोध गरेको बताएका छन् | सडक विभागको इन्जिनियर अशोक शाक्य ज्यू लाई सम्पूर्ण जानकारी गरिसकेको र यसलाई तत्काल निर्माण गर्ने योजना रहेको बबताएका छन।
यो काम मुख्य सडक विभागको भएको र त्यस टोलमा निमार्ण कार्यमा विवाद र अफ्ठेरो परेको खण्डमा मात्र ओडा मा सम्पर्क गरेको र कालो पत्रे बनाउने समयमा पनि जानकारी नदिएको बताएका छन् |
कालीमाटी बसपार्क हुदै टोखा सडक जोड्ने हो सडक विभाग को मातहत मा निर्माण गरिएको र वर्षा को कारण ले भत्किएको सडक विभागलाई चाँडै समन्वय गरेर अघि बढ्ने नगर प्रमुख रामेश्वर बोहोरा ले बताएका छन्