•            
    • TOKHA LIVE

    • १० भाद्र २०७७, बुधबार १२:५२

    जीतपुरको कोरोना संक्रमित क्षेत्र सिल:-

    तारकेश्वर नगरपालिकाले ५० देखि ७५ बेडको आइसोलेसन वार्ड साङ्लाको प्राथमिक स्वास्थ्य केन्द्रमा सुचारु गर्ने तयारी

    कोरोना संक्रमित महिलालाई अहिले मेडिसिटि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

    टाेखा लाइभ ९ भदौ, काठमाडाैं

    तारकेश्वर ३ को जीतपुरफेदीमा कोरोना संक्रमण देखिएको व्यक्तिको घर वरीपरीको क्षेत्रमा वडा कार्यालयले सिल गरेको छ । तारकेश्वर वडा नं. ३ ले पनि आजबाट खाता खोलेको छ । अहिलेसम्म तारकेश्वर वडा नं. ३ मा कोही पनि देखिएको थिएन । कोरोना संक्रमित महिलालाई अहिले मेडिसिटि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । आजदेखि भदौ १३ गते सम्मका लागि घर शिल गरिएको वडा कार्यालयले जनाएको छ ।

    सिल गर्नुका साथै संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ब्यक्तिको पहिचान गरि शुक्रबारसम्म स्वाब संकलन गरि पीसीआर परीक्षण गराइने वडा न ३ का वडा सदस्य हरिशरण घिमिरेले बताउनुभयो । घिमिरेकाअनुसार कोरोना संक्रमित व्यक्तिका आफन्त पनि बिरामी रहेको तर उहाँलाई भने कोरोना नभएको अन्य कारणले अस्पतालमा उपचारमा गरिरहेको बुझिन्छ ।

    सिल गरिएको क्षेत्रमा पूर्वतर्फ जीतपुर मुक्तेश्वर मन्दिर, पश्चिमतर्फ भोलाप्रसाद जमकट्टेलको घरसँगैको खोल्सा, उत्तरतर्फ तीनपिप्ले रामघाट सडक खण्डको पैयुंबोट खण्ड र दक्षिणतर्फ सत्यशक्ति मन्दिरसम्मलाई निषेधित क्षेत्र तोकिएको छ । सो क्षेत्रमा आवतजावत गरे संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गर्ने भन्दै वडा कार्यालयले सचेत गराएको छ ।

    तारकेश्वर नगरपालिकाले ५० देखि ७५ बेड सम्मको आइसोलेसन वार्ड साङ्लाको प्राथमिक स्वास्थ्य केन्द्रमा सुचारु गर्ने अन्तिम तयारी गरेको छ ।–फरकपत्रबाट

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै