•            
    • TOKHA LIVE

    • ९ भाद्र २०७७, मंगलवार १२:१९

    कोरोना संक्रमितलाई तारकेश्वर नगरपालिकाले प्रति व्यक्ति ५ हजार भत्ता दिने:-

    पिसिआर बढाउन श्वाब संकलनका लागि एक हजार किट किन्ने तयारी।

    ८ भदौ, काठमाडौं।

    तारकेश्वर नगरपालिकाले कोरोना भाइरस संक्रमण भएर होम आइसोलेसनमा बसेका नगरवासीलाई प्रतिव्यक्ति ५ हजार भत्ता दिने निर्णय गरेको छ सोमबार बसेको नगर कार्यपालिकाको बैठकले संक्रमितहरुको आधारभूत आवश्यक्ता पूर्ति गर्न राहत स्वरुप ५ हजार रुपैयाँ दिने निर्णय भएको कार्यपालिकाका एक सदस्यले तारकेश्वर अनलाईनलाई जानकारी दिए । ५ हजार भत्ताका साथै नगरपालिकाले संक्रमित भएकाहरुको परिवारमा केही थान मास्क, केही स्यानीटाइजर लगायत सुरक्षाका सामाग्री समेत पुर्याइदिने निर्णय गरेको हो ।

    एक हजार थान किट आफै किन्ने

    नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै आफै परीक्षण गराउन एकहजार थान किट किन्ने निर्णय पनि गरेको छ । कोरोना भाइरस संक्रमण बढेसँगै कन्ट्याक्ट ट्रेसिंग गर्दा धेरैजना शंकास्पद बिरामी भेटिने भन्दै नगरले आफै किट व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

    एकहप्ता भित्र सांग्ला पिएससीमा ७० शैयाको आइसोलेसन

    नगर कार्यपालिकाले एकहप्ता भित्र वडा नं १ सांग्लामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र एवं वर्थिंग सेन्टरको भवनमा आइसोलेसन बनाउने निर्णय गरेको छ । कम्तिमा ७० शैयादेखि १०० शैयासम्मको आइसोलेसन बनाउनेगरि नगरले काम थाल्ने निर्णय गरेको नगरकार्यपालिका स्रोतले जनाएको छ । आइसोलेसनका होटलपनि व्यवस्थापन गर्ने तयारीमा रहेको नगरपालिका यस निर्णयबाट भने तत्कालका लागि पछाडी हटेको बुझिएको छ ।

    शुक्रवार थपको स्वाब संकलन हुने

    अघिल्लो साता ७९ जनाको स्वाब संकलन गर्दा ६ जनालाई कोरोना पाजेटिभ देखिएपछि नगरपालिकाले यो शुक्रवारपनि अन्य सम्भावित संक्रमितको स्वाब संकलन गर्ने भएको छ । यस हप्ता कोरोना संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएका व्यक्तिहरुको नमूना संकलन गरि परीक्षणमा पठाउन नगरले पुनः स्वाब संकलन गर्न लागेको हो । यसअघि पनि नगरले पटकपटक स्वाब संकलन गरि परीक्षण गराउँदै आएको छ ।

    उपमेयरको संयोजकत्वमा अनुगमन समिति

    हालै बागमति प्रदेशले पास गरेको अनुगमन निर्देशिकालाई अंगिकार गर्दै तारकेश्वर नगरपालिकाले अनुमगन समिति बनाएर कार्यान्वयन गर्ने भएको छ । उपमेयरको संयोजकत्वमा बन्ने सो समितिमा प्राविधिक, इञ्जिनीयर, सब-इञ्जिनीयर लगायत रहनेछन् । उनीहरुले नगरभित्र भएगरेका विकास निर्माण लागत कार्यको अनुगमन गर्नेछन् । – तारकेश्वर अनलाइनबाट

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै