टाेखा लाइभ ८ भदौ, काठमाडौं ।
तारकेश्वर वडा नं. ४ को शेषमतीबाट २ जनालाई लागु औषध सहित प्रहरिले पक्राउ गरेको छ । महानगरीय प्रहरि अपराध महासाखाले बाटोमा झोला बोकेर हिँडीराखेको अवस्थामा १ जना केटी र अर्को केटाको साथबाट अफिम सहित रंगेहात पक्राउ गरेको छ ।
पक्राउपछि प्रहरिले उनिहरुको लोलाङ गणेश मन्दिरमा रहेको कोठा खानतलासी गर्दा अरु थप नभेटिएको बुझिएको छ । आज दिउँसो १ बजेको समयमा २३ वर्षे जाजरकोटका दिलिप वि.क. र १९ वर्षे रामेछापका शर्मिला राउत अफिम सहित शेषमती सडकमा हिँडीरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन । अहिले उनिहरुलाई महानगरीय प्रहरि अपराध महासाखाले समातेर अनुसन्धानका लागि लगेको छ ।
महानगरीय अपराध महाशाखाले सो पदार्थ गाउँबाट १ लाख पचास हजार रुपैयाँ प्रति केजीका दरले ल्याउने र ८ लाख रुपैयाँ प्रति केजीको दरले वेच्न खोजेको बुझिएको जनाएको छ।_ फरकपत्रबाट