•            
    • TOKHA LIVE

    • ९ जेष्ठ २०७९, सोमबार ०७:००

    तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुले गरे पद तथा गोपनियताको सपथ ग्रहण

    टाेखालाइभ डट कम/ जेष्ठ ८,२०७९

    काठमाडौं । तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुले शुक्रबार तार्केश्वोरको वडा न ६ को कार्यालयमा विशेष कार्यक्रमबिच सपथ ग्रहण गरेका हुन् ।

    मूख्य निर्वाचन अधिकृत चपला पोखरेलले नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन् । यस्तै, नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले वडा सदस्यहरुलाई सपथ ग्रहण गराए । वडा अध्यक्ष र सदस्यहरुले सपथ ग्रहण लगत्तै सम्बन्धित वडा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

    सपथ ग्रहणपछि बोल्दै नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले निर्वाचनको बेला एउटा भन्ने तर काम गर्दा अर्कै भन्ने परिपाटिको अत्य गर्दै आफूले जनताको हितमा काम गर्ने बताए । महर्जनले कार्यक्रम मार्फत तार्केश्वोर भित्र भ्रस्टाचार नगर्ने र गर्न पनि नदिने उद्घोष गरेका छन् ।
    नगरप्रमुख कृष्णहरि महर्जनले प्रतिबद्धता गरेका विषयहरु पूरा गर्नेमा आफ्नो ध्यान केन्द्रित भएको बताए । नवनिर्वाचित अन्य जनप्रतिनिधिले निर्वाचनमा गरेका प्रतिबद्धता अनुरुप काम गर्ने बाचा गरेको नगरप्रमुख महर्जनको भनाइ रहेको छ।

    सपथ कार्यक्रममा काठमाडौं प्रशासन प्रमुख गोबिन्द रिजाल, नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सभापति विष्णु तिमिल्सिना, क्षेत्र नम्बर ७ का सभापति श्याम कृष्ण खड्गी, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्यहरु लगायत अन्य नेपाली कांग्रेसका नेताहरुको उल्लेखनीय  उपस्थिति थियो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै