•            
    • TOKHA LIVE

    • १० आश्विन २०७८, आईतवार ०९:०१

    तारकेश्वर नगरपालिकामा माओवादी केन्द्रको ३१ सदस्यीय वडा कमिटि गठन

    टाेखालाइभ डट कम/ असोज १०,२०७८
    तारकेश्वर नगरपालिका वडा ९मा माओवादी केन्द्रको बृहत वडा कमिटी गठन सभा तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका वडा ९ स्थित
    अजिमा पाटी प्यालेसमा भएको बृहत सम्मेलनबाट समाजसेवी मदनकुमार अधिकारीको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ। जसमा उपाध्यक्षमा दिनेस महर्जन, सचिवमा जिवराज अधिकारी, कोषाध्यक्षमा निशा केसीसहितको ३१ सदस्यीय कमिटि गठन गरेको थियो ।
    त्यस्तै बेद शर्मा पोख्रेलको संयोजकत्वमा १४ सदस्यीय सल्लाहकार समिति गठन भएको छ।

    सम्मेलनमा प्रमुख अतिथि हिमाल शर्माले माओवादीको एजेन्डाले जितेको भएपनि स्थानीय तहमा माओवादीका जनप्रतिनिधि कम भएकाले जसको नीति उसकै नेतृत्व भन्ने नारा बोकेर आगामी निर्वाचनमा होमीने बताउदै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्वरको पार्टी बनाउने उद्घोष गर्नुभयो।

    नेता शर्माले वडाको टोल टोलमा गएर कमिटि बनाउन वडा कमिटिको निर्वाचित नेतृत्वले काम गर्नुपर्ने बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिहरुले आफ्ना कार्यकर्ताहरुको उपभोक्ता समिति बनाएर विकास निर्माणको बजेट खाने गरेको हुँदा त्यसलाई रोक्न वाइसिएल नगर कमिटि लाग्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा माओवादी केन्द्र काठमाडौं जिल्ला अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य हिमाल शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्र काठमाडौं जिल्ला सचिवालय सदस्य नवराज ढकाल, धर्म डंगोल, पार्टी केन्द्रका सल्लाहकार शिव बहादुर भण्डारी, तारकेश्वर नगर कमिटि अध्यक्ष रामकुमार थापा, बीना राना, पार्वती पाण्डे लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । वडा सम्मेलनमा तारकेश्वर वडा नं. ९ का नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै