•            
    • TOKHA LIVE

    • ३ जेष्ठ २०७७, शनिबार १२:२३

    टोखामा लकडाउनलाई अझै कडाई गरिने

    टोखा नगरपालिका वडा नं -३ मा कोरोना संक्रमणको सम्भावित जोखिम बाट बच्न र बचाउनका लागि लक डाउन लाई अझै कडाई गरिने भएको छ । कोरोनाको महामारी बढ्दै गए संगै टोखा बजारमा हिडडुल गर्नेको संख्यमा बृद्धि भएपछि लक डाउन लाई कडाई गरिने निर्णय भएको हो ।

    काठमांडौंमा कोरोना संक्रमितको संख्यमा बृद्धि हुदै गएको अवस्थामा टोखामा पनि यसको जोखिम उच्च रहेकोले लक डाउन कडाईका साथ लागु गर्नुको बिकल्प नभएको महानगरीय प्रहरी प्रभाग टोखा प्रहरी नायव निरीक्षक सोभित अर्यालले टोखा लाइभलाई बताउनुभयो ।

    उहांले संसारभर फैलिएको कोरोना महामारीले टोखामा पनि भयावह रुप लिन सक्ने संकेत देखिएको भन्दै आगामी दिनमा सवारी पासको व्यवस्था समेत नभएको बताउनुभयो ।

    मुटुरोगी, क्यान्सर रोगी , गर्भवती महिला , किसानी खेती र मृत्यु संस्कार बाहेककालाई नरोकिने र अरू सबेरै विहानको हिडाईमा बहना बनाई अनावश्यक हिडडुल गर्नेलाई पनि कारबाही गरिने बताउनुभएको छ ।

    “ महाभारतको युद्द १८ दिन चलेको थियो , जसका सारथी भगवान श्रीकृष्ण थिए । कोरोनाको युद्द महिनौं दिनसम्म चल्नेछ जसमा हामी ३ करोड नेपाली जनता सारथी हुनेछौ ! तब हाम्रो जित अवस्य हुनेछ ।” प्रहरी नायव निरीक्षक सोभित अर्यालले टोखा लाइभलाई भन्नुभयो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै