१४ जेष्ठ २०७७, बुधवार ।
टोखा लाइभ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा टोखा नगरपालिकामा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भए पछि आज वडा नं-६ स्थित च्यासिंडोल र वडा नं-३ को धमलटार आसपासमा दिउँसो १२ बजे देखि मानिसहरुको स्वाव संकलन हुने छ।
टोखा नगरपालिका वडा नं-२ का अध्यक्ष दिपक राज जोशीका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
काठमाडौंको टोखा नगरपालिकामा किराना पसलेमा कोरोना संक्रमण पुष्टि भएको थियो।४१ वर्षीय पुरुषले महिना दिनअघि मात्र किराना पसल किनेर व्यापार थालेका थिए।
यस विषयमा वडा अध्यक्ष दिपक राज जोशी भन्नुहुन्छ-“ टोखा नगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउने क्रममा सबैको सम्पर्कमा रहेका मानिसहरुको यतिवेला टोखा नगरपालिका वडा नं -६ र ३ मा जम्माजम्मी ५२ जनाको धमाधम स्वाव संकलन हुदैछ।”
यस सम्बन्धमा स्वास्थ्य अधिकृत वसन्त गैर भन्नुहुन्छ- “ टोखाका वडा नं-६ र ३ मा संक्रमित हुने व्यक्तिको सम्पर्कमा आएका मानिसहरुको पहिचान गरी यतिवेला धमाधम स्वाव संकलन हुन लागेको हो।सायद दिउँसो ३ बजेसम्म स्वान संकलन सकिन्छ होला” वहाँले टोखा लाइभलाई जानकारी दिनुभयो ।