जय न्यौपाने
टाेखा लाइभ ,भाद्र २० काठमाडौं
टोखा नगरपालिकाको कार्यालयको कार्यरत वहालवाला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ। सोही कारण टोखा नगरपालिकाको कार्यालय मिति २०७७–०५–२१ देखि २०७७–०५–२६ गतेसम्म बन्द हुने भएको छ। तर कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यहरु यथावत रुपमा निरन्तर संचालन हुने टोखा नगरपालिकाका कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।
नगरपालिकाको सुचना :