•            
    • TOKHA LIVE

    • १९ भाद्र २०७७, शुक्रबार १७:२८

    टोखा नगरपालिका वडा नं २ मा पुनः शान्ति सुरक्षा उपसमितिका स्वयंसेवक परिचालन गरियो।

    नविना श्रेष्ठ
    टाेखा लाइभ भाद्र १९,काठमाडौं

    टोखा नगरपालिका वडा नं २ मा आज शान्ति सुरक्षा उपसमितिका गठन पछि स्वयंसेवक परिचालन गरिएको छ।
    शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोल, उप संयोजक नारायण दास श्रेष्ठ को संयोजकमा वडाअध्यक्ष दिपकराज जोशी लगायत सदस्य पञ्च कुमारी श्रेष्ठ, प्रेमकृष्ण खड्गी र भगवती क्लबका पूर्वअध्यक्ष राजकाजी श्रेष्ठ, क्लवका अध्यक्ष मदनलाल श्रेष्ठ लगायत शान्तिसुरक्षा उपसमिति सदस्यहरु संयुक्त रुपमा बैठक बसी टोखा बासीहरुलाई सुरक्षित राख्न चोक-चोकमा र मठ-मन्दिरहरू, टोल- टोलमा कोलोरोङ भक्सिङ भाइरस औषधि छर्कनको लागि २० जना स्वयसेवक युवाहरुलाई ज्याकेट वितरण गरिएको हो।


    स्वयंसेवक युवाहरु वडा २ मा आजबाटै परिचालन हुनेछ। शान्ति सुरक्षा उपसमितिबाट स्वयंसेवकमा लाग्नु भएका युवाहरूलाई आत्मबल बढाउन र भोलिका दिनमा भइपरी कसैलाई भाइरस पोजेटिभ देखि हालेमा नेपाल सरकारले दिएको सुविधालाई मध्यनजर गरी कोरोना बीमा गरिएको अध्यक्ष दीपक राज जोशीले बताए।

    कोरोना भाइरस कोभिड -१९ संक्रमित सुरुदेखि नै टोखामा जति पनि सेवामा खटिने स्वयंसेवक युवाहरु नै हो र अध्यक्ष आफू पनि स्वयंसेवक भएकोले पहिलो प्राथमिकतामा युवाहरुलाई आफुले राखेको बताउदै उहाले समुदायसंग बढी सम्पर्कमा रहने सहकारी, खाद्यान्न पसलहरू, स्वयंसेवकमा खटिएका युवाहरु ,जनप्रतिनिधिहरुलाई अबको आइतबारबाट PCR टेस्ट सुरु गर्ने टाेखा २ का वडाध्यक्ष दिपकराज जोशीले जानकारी दिनुभयो।


    साथै आइसोलेशन सेन्टर वडा २ मा भएकोले टोखा बासीलाई जोखिम भएको कारणले चोकचोकमा स्वयंसेवकहरु अहिलेलाई २० जना परिचालन गरेको र भोलिको दिनमा आवश्यक परेमा खण्डमा १०० जना सम्म स्वयंसेवक परिचालन गर्न पनि पछि नपर्ने वडाध्यक्षले टोखा लाईभलाई बताउनु भयो। नेपाल सरकारले कोरोना भाइरस संक्रमण भएसँगै लकडाउन गरियो त्यस लगत्तै सुरु देखि नै स्वयंसेवक परिचालन गर्नका निम्ति वडामा जुन चुनौती आएको थियो । तिनै चुनौती मार्फत विभिन्न संस्थाहरुसंग हातेमालो गरी शान्ति सुरक्षा उपसमितिसंग साथमा रही टोखाको चोक चोकमा स्वयमसेवक युवाहरु परिचालन गरी आज सम्म सेवामा लागि रहेका दिन रात नभनिकन आफ्नो जिम्मेवार वहन गर्नुभएका सबै स्वयमसेवक युवाहरुलाई धन्यवाद व्यक्त गर्दै खाद्यान्न आपूर्ति तथा व्यवस्थापन समिति गठन भएकोमा आफू संयोजक भएको नाताले आफुले सकेको योगदान दिन सधै तयार भएर लागिरहने वडा सदस्य पञ्च कुमारी श्रेष्ठले बताइन् ।

    शान्ति सुरक्षा उपसमितिले २०७६ चैत ११ गते देखि स्वयंसेवकमा खटिएका टोखामा रहेका क्लबहरु भगवती क्लव, जनचेतना, न्हुज: पुस्तकालय, बालविकास क्लब, टोखाली ब्वाइज क्लब, नेपा:युवा क्लब ,चण्डेश्वरी क्लब , सपनतिर्थ क्लब,भिल्लि टोल विकास संस्था गरी १० क्लब र संघसंस्थाले आफ्नो ठाउँबाट स्वयंसेवक युवाहरु एक साथ परिचालन भइ सेवामा खटिएको थियो।

    ५ वटा समुहमा विभाजन गरि आजबाट स्वयंसेवक युवा खटिएको र एकदिन बिराएर संक्रमण हुनबाट टोखा बासिलाई सुरक्षा दिन कोलोरोङ छर्कने बताउदै शान्ति सुरक्षा उपसमिति अध्यक्षले रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु र संक्रमित भेटी हालेमा कसैलाई घृणा गर्ने होइन अझ रोगीलाई आत्मबल ,प्रेरणा, हौसला, दियो भने औषधिले भन्दा चाँडै निको हुने रोग भएको बताउदै सम्पूर्ण स्वयंसेवक युवाहरु सबैलाई शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोलले धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सञ्चारमाध्यमबाट समाचारहरु सुनेर टोखाबासी जनताहरु कोही पनि भ्रममा नपर्न नआत्तिन वडा सदस्य शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोलले सबैसंगआग्रह गर्नुभयो।

    (नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै