•            
    • TOKHA LIVE

    • १९ भाद्र २०७७, शुक्रबार ०६:३९

    टोखा वडा २ का जनप्रतिनिधिहरुद्वारा ८ ठाउँमा सेन्सर युक्त हेन्ड सेनिटाइजर बक्स जडान:-


    नविना श्रेष्ठ

    टाेखा लाइभ भाद्र १९ काठमाडौं

      

    टोखा नगरपालिका वडा नं २ मा मुख्य- मुख्य चोकहरु

    ८ ठाँउमा सेन्सर युक्त हेन्ड सेनिटाइजर बक्स जडान गरिएको छ।
    हिजो भाद्र १८ गते सेनिटाईजर बक्स जडानमा टाेखा वडा नं २ का अध्यक्ष दिपक राज जोशी , सदस्यहरुमा हेरकाजी डंगोल, पञ्च कुमारी श्रेष्ठ, प्रेम कृष्ण खड्की लगायत जनप्रतिनिधिहरुको उपस्तिथि थियो।

    वडाका विभिन्न ठाँउमा सेन्सर युक्त हेन्ड सेनिटाइजर बक्स जडान गरिएपछि वडा अध्यक्षले कोभिड -१९ सङ्क्रमित दिनानुदिन बढ्दोक्रमलाई मध्यनजर गरी मानिसहरुको अलि भिड हुने ठाउँमा सर्वसाधारणलाई कोरोना भाइरस संक्रमण नफैलियोस भन्ने उद्देश्यले दिनप्रतिदिन प्रतिव्यक्ति सरसफाइ विशेष ध्यान जाओस् भन्नका लागि वडाले ढिलै भएपनि यसको सदुपयोग गर्नको लागि सेन्सर युक्त हेन्ड सेनिटाइजर बक्स जडान गरिएको साथै टोखा नगरपालिका वडा नं २ मा आइसोलेसन सेन्टर सञ्चालन गरिएपछि वडा २ का टाेखावडा वासी जनताहरूलाई कसरी सुरक्षा दिन सकिन्छ र कसरी सुरक्षा राख्ने भन्ने उदेश्यले सबै जनप्रतिनिधिहरुको सल्लाह सुझाव मा मुख्य मुख्य चोक चोकमा उक्त सेल्फ हेन्ड सेनिटाईजर बक्स राखेको वडा-२का अध्यक्ष दिपक राज जोशीले बताउनु भयो।

    भने उहाँले कोरोना भाइरस कोभिड -१९ सङ्क्रमित कोही पनि नहोस् र कसैलाई यो रोग नलागोस भनेर जनताको लागि आफू र जनप्रतिनिधि सहित शान्ति सुरक्षा उपसमितिबाट स्वयंसेवक टोली पनि खटाएर जनताको सेवामा लाग्ने वडाध्यक्षले प्रतिबद्धता जनाउनु भयो।

    स्वास्थ्य शाखा को अनुसार वडाले जुन सेनिटाईजर बक्स फिट गर्नु भएको छ त्यसमाआफू पनि सहमति रहेको र जनतालाई जनचेतना फैलाउन वडाले रचनात्मक र सकारात्मक कार्यमा जुन भुमिका खेल्नु भएको छ त्यो निक्कै सर्हानिय भएको टोखा नगरपालिकाका योजना प्रमुख वासुदेव भेटवालले बताउनु भयो।

    टाेखा २ का वडाहरुको मुख्य चोक लबु, भिल्ली चोक, गणेशस्थान चोक, तलेजु (क्वाखल) चोक, लाछि, पुखुसी, तुतिगल चोक गरी८ ठाउँमा सेनिटाईजर बक्स राखेको वडा २ का सदस्य हेरकाजी डंगोलले जानकारी दिनुभयो।

    विश्वमा कोरोना भाइरस बढोक्रममा भिल्ली टार चोकमा पनि यसरी सेन्सर युक्त हेन्ड सेनिटाइजर बक्स जडान गर्नु भएकोमा भिल्ली टोल विकास संस्थाका अध्यक्ष केशकुमार श्रेष्ठले वडालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो। कोरोना भाइरस कोभिड-१९ एउटा भाइरस भएकोले जो कसैलाई लाग्नसक्ने भएकोले यदि पोजेटिभ
    देखिहालेमा कोही नआतिन हौसला प्रदान गर्न वडाबाट जनतालाई अझै आत्मबल बढ्ने किसिमका प्रेरणादायी कार्यक्रमहरु वडा ल्याएको खण्डमा सुनमा सुगन्ध थपिने भिल्ली टोल विकास संस्थाका अध्यक्षले बताउनु भयो।

    टोखा न. पा वाड -२ को कार्यालयबाट कोभिड-१९ लाई सुरक्षित बनाउन Hand sanitizer stations र समय समयमा मिचिमिची हात धुनको लागि हात धुने स्टेशन तलेजु ( क्वाखल) टोलमा राख्नु भएकोमा वडा अध्यक्ष लगायत वडा सदस्य हरुलाई तलेजु ( क्वाखल) टोल संस्था का अध्यक्ष रमेश नापितले पनि विशेष धन्यवाद व्यक्त गर्दै सरकारलाई दोष दिनु भन्दा आफ्नो सुरक्षा आफै गरी घर बाहिर ननिस्कने र घर मै बस्ने सबै भन्दा उत्तम उपाय भएको तलेजु (क्वाखल) टोल संस्थाका अध्यक्ष रमेश नापितले बताए।

    (नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै