•            
    • TOKHA LIVE

    • १८ भाद्र २०७७, बिहीबार ०६:०८

    टोखा चण्डेश्वरी आइसोलेसन सेन्टरबाट ३ जना निको भएर घर फर्के:-

    नविना श्रेष्ठ
    टाेखा लाइभ भाद्र १८,काठमाडौं

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र टोखा-२ मा हिजो भाद्र १७ गते कोभिड-१९ सङ्क्रमित ३ जना आइसोलेसन सेन्टरबाट निको भएर घर फर्केको छ।
    टोखा नगरपालिकाका उपप्रमुुख ज्ञानमाया डंगोलले कोभिड -१९  सङ्क्रमित बिरामीहरूलाई निको भई घर फर्कन लागेको ३ जनालाई नै खादाओदाइ विदाई गरिएको छ।


    टोखा नगरपालिका वडा नं २ का सदस्य हेरकाजी डंगोल, पञ्च कुमारी श्रेष्ठ टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र का उपाध्यक्ष युथ महर्जन सबै जनाले एक साथ सङ्क्रमित बिरामीलाई घृणा गर्ने होइन माया र सम्मान गर्नु पर्छ भने भावना सबैमा हुनुपर्छ भन्ने विचारका साथ हिजो खादा ओडाएर विदाइ गर्नुभयो।
    सङ्क्रमितहरुलाई अझ हौसला मिलोस र समाजमा सबै जनाले पोजिटिभ भएका सङ्क्रमित बिरामीहरुलाई माया, स्नेह, प्रेरणा र साथ दिनुपर्छ भने भावना बोकी सबैले खादा ओडाएर विदाइ गरेको टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छिन् ।

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र टोखा-२ मा ३ वर्षको बच्चा देखि १६ जना सम्मको कोरोना भाइरस कोभिड -१९ सङ्क्रमित व्यक्तिहरुलाई आइसोलेसन सेन्टरमा ल्याइएको र अहिले सम्म ५ जना निको भएर आफ्नो घर फर्किसकेको डा. मदन रत्न न्यौपानेले जानकारी दिनुभयो।
    सुरुमा २ जना घर फर्केको र हिजो ३ जना घर फर्केको न्यौपाने ले बताए।


    कोरोना भाइरस कोभिड -१९ सङ्क्रमित बाट आफू सुरक्षित भई रोगीहरूको सुरु देखि निरन्तर सेवा मा खटेको र स्वास्थ्य केन्द्रमा गाड सहिद ५ जना मात्र सेवामा रहेको टोखा लाईभ लाई जानकारी दिनुभएको छ।

    आफू कोभिड -१९ सङ्क्रमित भए पछि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आएपछि यहाँको सुविधा राम्रो र यहाँको वातावरण स्वच्छ, शान्त भएकोले पनि आफू चाँडै संक्रमणबाट मुक्त भएको टोखा नगरपालिका गोंगबु स्थित बस्ने दिपु खड्काले बताए।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै