•            
    • TOKHA LIVE

    • १७ भाद्र २०७७, बुधबार २१:४३

    टाेखा नगरपालिकामा संक्रमितको संख्या २२२ पुग्यो।

    टाेखा लाइभ,भाद्र १७ काठमाडौं ।
    आज टाेखा नगरपालिकाले टाेखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा जानकारीमा आएका संक्रमितहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको सम्पर्क परिक्षण कार्य सम्पन्न गरेको छ भने टाेखा नगरपालिकाका जनप्रतिनिधिहरुबाट टाेखा ७ मा घरमा आइसोलेसनमा रहेका संक्रमित ब्यक्तिहरुलाई भेटघाट गरि हौसला प्रदान गरिको छ भने एकजना घरमै आइसोलेसनमा बसेका १ जना लक्षण चिन्ह देखिएको लाई चिकित्सकबाट सल्लाह प्रदान गराएको नगरपालिकाले बताएको छ। आज भाद्र १७ गते बेलुका सम्म प्राप्त जानकारी अनुसार टाेखा नगरपालिका अन्तर्गत जम्मा २११ जना संक्रमितहरु पत्ता लागेको टाेखा नगरपालिकाले बताएको छ। जसमध्य १६ गते सम्म जम्मा २११ संक्रमित रहेकोमा ७५ जना निको भएको र १३४ जना सकृय संक्रमित रहेका छन।
    आज भाद्र १७ गते ११ जना संक्रमित थपिएका छ्न भने ६ जना निको भएका छन् भने आज सक्रिय संक्रमित ११ जना पुगेका छन् । यो संगै
    टाेखा नगरपालिकामा महिला संक्रमित ८३ र पुरुष १३९ गरि जम्मा २२२ संक्रमित पुगेको टाेखा नगरपालिकाले बताएको छ।

    संक्रमितहरुको वडागत विवरण यस प्रकार छ।

    Facebook Comments

  • सम्बन्धित खवर

    टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै