टाेखा लाइभ ,भाद्र १७ काठमाडौं ।
आज टाेखा नगरपालिका वडा ७ स्थित बसुन्धारा चौकी निवासी रमेश भण्डारीको घरमा डेरा गरी बस्ने एक परिवारका सदस्य मृगौला रोगबाट पिडीत भई डायलाईसिस गराई रहनु भएका बर्ष १६ का रबी रसैली नाम गरेको सानो भाईलाई टोखा नगरपालिकका सक्रिय युवाहरुको टाेलीले राहत स्वरुप सहयोग सामग्री प्रदान गरेको छ।
कोभिड – १९ महामारी संक्रमणको समयमा दैनिक खान समेत अति समस्या परेको सुचना प्राप्त भएको जानकारी पाए अनुरूप तत्काल टोखा नगरपालिकका सकृय युवाहरु जय न्यौपाने र स्थानीय समाजसेवी श्री रोशन बुडाथोकी सो स्थानमा पुगेका थिए।
सो युवाहरूले मृगौला पिडीत रबिलाई राहत स्वरुप
एक बोरा चामल र 2 केजी दाल, र नगद रु १ हजार प्रदान गरेका थिए।
युवाहरूले ब्यक्तीगत तर्फबाट राहत सामग्री र नगद सहित स्थानीय समाजसेवी श्री रोशन बुडाथोकी ,सरोज थापा मगरको सक्रियतामा राहत सामग्री उपलब्ध गराएको गोर्खाली तक्मा नेपालका अध्यक्ष तथा युवा समाज सेवी टोखा नगरका सकृय युवा जय न्यौपानेले टाेखा लाइभलाई बताए।