•            
    • TOKHA LIVE

    • १५ भाद्र २०७७, सोमबार २१:३९

    टाेखा नगरपालिकामा संक्रमितको संख्या २०८ पुग्यो:-

    टाेखा लाइभ ,भाद्र १५काठमाडौँ

    आज टाेखा नगरपालिकाका जनप्रतिनिधिहरुले टाेखा ४/५ वडाका संक्रमितहरुलाई घरमै पुगेर नगर प्रमुख र उपप्रमुख वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु घरमै भेटगरी हौसला प्रदान गरेका छन् भने टोखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा ५ जना थप संक्रमितलाई भर्ना गरिएको र आज १५ जना संक्रमित रहेका छन् ।टोखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा रहेको संक्रमितहरुलाइ मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको टाेखा नगरपालिकाले बताएको छ।
    आज भाद्र १५ गते सम्म जानकारीमा आएका संक्रमितहरुको सम्पर्क मा आएका ब्यक्तिहरु सम्पर्क परीक्षण कार्य सम्पन्न गरेको छ।टाेखा वडा नम्बर ७ स्थित तिलिङ्टार माबिमा ८१जना व्यक्तिहरूको पिसिआर परीक्षण गरेको छ ।सम्पर्कमा जाँच मा नाम आएका तर पिसिआर परिक्षणमा नआएका १३ जना व्यक्तिहरुलाई नगरपालिकाले फलोअप समेत गरिएको छ।

    टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ११वटा थप गरी २८ बेड पुर्याएको छ। टाेखा नगरपालिकामा हिजो १४ गते बेलुका सम्म प्राप्त जानकारी अनुसार टाेखा नगरपालिकामा महिला ७६ र पुरुष १३२ गरि जम्मा २०८ कोरोना संक्रमित रहेको नगरपालिकाले बताएको छ।

    टाेखा नगरपालिकाको संक्रमितको वडागत विवरण:

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै