•            
    • TOKHA LIVE

    • १४ भाद्र २०७७, आईतवार २२:०७

    टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३७ पुग्यो।

    टाेखा लाइभ ,भाद्र १४ काठमाडौं :
    टोखा नगरपालिकाले भाद्र १४ गते नियमित बाहेक पांच मुख्य काम सम्पन्न गरेको जानकारी दिएको छ।आज टोखा नगरपालिकाले वडा ७ तिलिङ्गटार माविमा संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका र
    टोखा नगरपालिकाका कर्मचारीहरु गरि आज जम्मा ४४ जनाको PCR परिक्षण गरिएको हो। टोखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा २ जना कोरोना जित्ने योद्दाको बिदाइ गरिएको छ । हाल ११ जना आइसोलेसनमा केन्द्रमा रहेको नगरपालिकाले बताएको छ।

    आइसोलेसन केन्द्रमा ड्युटी गर्ने र पिसिआरमा खट्ने स्वास्थ्यकर्मि तथा कर्मचारी गरि थप तिनजना जनशक्ति थपसहित कर्मचारीहरुका लागि आवास व्यवस्थापन लगायतका कार्य गरेको जानकारी दिएको छ। Contact tracing कार्यलाई व्यबस्थित गर् थापाथली तीनजना जनशक्तिहरु थप गरिएको छ। भाद्र ११ गते जाँच गरिएका ६५ जना मध्ये ४७ जनाको नेगेटिभ,९ जनाको पोजिटिभ र बाँकी रिपोर्ट आउन बाँकी, नेगेटिभहरुलाई SMS मार्फत र पोजिटिभहरुलाई फोन मार्फत जानकारी गराएको नगरपालिकाले बताएको छ।

    हालसम्म जम्मा संक्रमित आज १४ गतेको मिति बेलुकी सम्म प्राप्त जानकारीअनुसार टोखा नगरपालिका अन्तर्गत जम्मा २०२ जना संक्रमितहरु पता लागेका छन् तर स्वास्थ्य कार्यालयबाट मिति २०७७/४/१३ गते थप भएका संक्रमितको प्रतिबेदनहालसम्म प्राप्त नहुँदा समावेश नगरिएको नगरपालिकाले बताएको छ।

    हालसम्म प्राप्त संक्रमितहरूको वडा अनुसार सबै भन्दा बढी वडा नम्बर ५ र ७ मा २६/२६ जना संक्रमितहरु रहेको टोखा नगरपालिकाकाको तालिकामा देखाएको छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै