•            
    • TOKHA LIVE

    • १४ भाद्र २०७७, आईतवार १०:३०

    कोरोना सम्बन्धि जनचेतना जगाउदै युवा समूह टोखा -५ का स्वयंसेवक:-

    शोभा तामाङ

    टाेखा लाइभ, भाद्र १४ काठमाडौं :

    टोखा ५ मा जनचेतना जगाउने कार्यमा युवा समुह लागेको छ । वडा नं. ५ को कोरोना संक्रमित क्षेत्रमा किटनाशक औषधि छर्कनुका साथै माक्स वितरण गर्न लागेको छ ।

    नेपालमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा छ र मृतक संख्या पनि दिनानुदिन बढ्दै गएको भन्दै टोखा नगरपालिका वडा ५ का जनप्रतिनिधिहरु तथा श्री समाज खेलकुद क्लबका अध्यक्ष प्रेमकुमार सुनुवारको अगुवाइमा स्थानीय युवाहरुको क्रियाशिलतामा माक्स वितरण र किटनाशक औषधि छर्ने काम गरिएको थियो।

    टोखा नगरपालिकामा पनि प्रशस्त कोरोना संक्रमितहरु देखा परेकोले र आगामी दिनमा अझै बढ्न सक्ने परिस्थितिलाई मध्यनजर गरेर जनचेतना मुलक संदेश प्रवाह गरेका छन् । कार्यक्रममा सुरक्षित रहन, अनिवार्य माक्स लगाउन, बिना काम घरबाहिर ननिस्किन अनुरोध गरिएको थियो।

    (शोभा तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै