•            
    • TOKHA LIVE

    • १४ भाद्र २०७७, आईतवार ०८:०३

    वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल द्वारा टोखा स्वास्थ्य केन्द्रको अनुगमन:-

    टाेखा लाइभ, भाद्र १४ काठमाडौँ

    टोखाको चण्डेश्वरी स्वास्थ्य केन्द्रको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अनुगमन गरेका छन् । पछिल्लो समय उपत्यका विभिन्न ठाउँ सहित टोखा नगरपालिकामा समेत कोरोना संक्रमणमा वृद्धि भएसँगै टोखा नगरपालिकाको वडा नम्बर २ मा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा हाल संचालन ल्याइएको ६६ बेड सहितको आइसोलेसन वार्डकाे मुख्यमन्त्री डोरमणि पौडेलले अनुगमन गरेका हुन्।

    अनुगमन पछि मुख्यमन्त्री पौडेल टाेखा नगरपालिकाले उपयुक्त स्थानमा स्थापना गरिएको भन्दै कोरोना संक्रमण गति पत्ता लगाउन टाेखा नगरपालिकाले अपनाएको एक वडामा एक सयजनाको पिसिआर गर्ने कार्यक्रमले प्रभावकारी भूमिका अवलम्बन गर्ने बताएका थिए।

    टाेखा चण्डेश्वरी अस्पताललाई प्रदेसस्तरीय अस्पताल बनाउन पनि पहल गरिएको नगरप्रमुख प्रकाश अधिकारीले बताएका थिए।

    हालस्वास्थ्य केन्द्रको मा १७ जना संक्रमित उपचाररत रहेकोमा ति संक्रमितको अवस्था पनि सामान्य रहेको साथै उहाँहरुलाइ शनिबारदेखि योगा समेत सञ्चालन गरेको छ र अबका दिनमा थप आइसोलेसन वार्डको सित क्षमता बढाउन समेत मुख्यमन्त्री डाेरमणि पौडेललाई प्रस्ताव गरिसकेको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छिन् ।

    टाेखा चण्डेश्वरी स्वास्थ्य केन्द्र अनुगमनमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहित प्रदेशसभा सदस्य दिपक निरौला, टाेखा नगरप्रमुख प्रकाश अधिकारी , उपप्रमुख ज्ञानमाया डंगोल,टाेखा वडा नम्बर १ का वडाध्यक्ष श्री कृष्ण अधिकारी , टाेखा २ का अध्यक्ष दीपक राज जोशी र जन प्रतिनिधिहरु ,टाेखा ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ , टाेखा ५ का वडाध्यक्ष जगन्नाथ ढकाल र टाेखा ७ का वडाध्यक्ष नरोत्तम राणा , पत्रकार र सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो।

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै