•            
    • TOKHA LIVE

    • १२ भाद्र २०७७, शुक्रबार २०:२३

    टाेखा ४ धापासीमा काेभिड – १९ संक्रमण नियन्त्रणको लागी स्वयंसेवक दस्ता गठन:-

    सुरेन श्रेष्ठ / साेनी डंगोल
    टाेखा लाइभ ,भाद्र १२ काठमाडौं

    हाल दिनानुदिन बढ्दै गइरहेको काेभिड-१९ काेराेना भाईरस संक्रमण नियन्त्रणको साथै जनसचेतनाको लागि आज टोखा नगरपालिका वडा नं ४ धापासीद्वारा एक औपचारिक कार्यक्रम आयोजना गरी स्वयंसेवक दस्ता गठन गरिएको हो ।

    उक्त स्वयंसेवक दस्ता गठन गरिएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी नेकपा काठमाडौ जिल्लाका सचिवालय सदस्य नारायण भाई श्रेष्ठ कार्यक्रमको सभा सभाध्यक्ष , वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,अथिति चिजा पण्डित , नगर कमिटीका साखा कमिटीका सदस्यहरु ,नेपाली कांग्रेस वडा ४का इकाई सभापति रविन्द्र श्रेष्ठ र विभिन्न राजनीतिक दलहरू मिडिया कर्मि र संघ सस्थाका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।

    टाेखा नगरपालिका वडा ४ का सदस्य राम बहादुर ठकुरीकाे संयोजकमा २१ सदस्यीय स्वयमसेवक दस्ता आज गठन गरिएको हो।


    सो स्वयंसेवक दस्ता गठन पछि सहभागी सम्पूर्ण स्वयंसेवकहरुलाई परिचयपत्र ज्याकेट ,माक्स, पंजा र सेप्टी चस्मा आदि वितरण गरिएको थियो। स्वयंसेवक दस्ता भोली अर्थात १३ गतेदेखि वडाका विभिन्न ठाँउहरुमा परिचालन हुने टाेखा ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताउनु भयो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै