•            
    • TOKHA LIVE

    • १२ भाद्र २०७७, शुक्रबार १७:५१

    कोरोना रोकथाम र नियन्त्रणमा टोखा -७ को सक्रिय सहभागिता:-

    जय न्यौपाने

    टाेखा लाइभ, भाद्र १२ काठमाडौं,

    टोखा नगरपालिका वडा ७ ले कोरोना रोकथाम र नियन्त्रणमा टोखा -७ को सक्रिय सहभागिता जनाइ विभिन्न कार्यक्रमहरु हाल संचालन गर्दै आइरहेको छ । कोरोना संक्रमितको उपचारको लागी टोखा नगरपालिका र वडाकाे समन्वयमा कोरोना रोकथाम र उपचार केन्द्र तथा विशेष व्यवस्था गर्दै टाेखा वडा ७ लागिरहेको छ।

    हाल ब्यापक बढ्दै गइरहेको कोरोना संक्रमितको संख्या र प्रभावलाइ मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणको लागि टोखा -७ का अध्यक्ष: प्रमुख नरोत्तम रानाको सकृयता सहयोग निरन्तर जारी रहने उहाँले जानकारी दिनु भएको छ ।

    टाेखा वडा ७ भित्र का संम्पूर्ण वडाबासीलाई माक्स,सेनिटाईजर र जनचेतनामूलक पर्चा वितरण गर्दै निरन्तर सहयोग जारी राखेको छ । विभिन्न समय समयमा मास्कहरु वितरण गर्ने,स्यानिटाइजरहरु वितरण गर्ने तथा त्यसको प्रयोग गर्ने विधि लगायत जनचेतना जगाउने सम्वद्ध कार्यक्रमहरु संचालन गर्ने र वासीहरुसंग प्रत्यक्ष सम्पर्कमा रहन टाेखा ७ ले गत हप्ता स्वयंसेवक समिती गठन गरिएको थियो ।

    फिल्डमा खटिएको टोखा -७ का वडा अध्यक्ष नरोत्तम राना लगायत वडासदस्य तथा यसै वडाका स्वयम् सेबकहरु प्रत्येक घर समुदाय स्वास्थ्य सचेतना अभियान मा निरन्तर सहयोग रहेको जानकारी दिदै अध्यक्ष राना ले covid19 संक्रमण रोग समुदायमा थप फैलिन नदिन यो सकृयता निरन्तता जारी रहने उहाँले जानकारी दिनुभयो।

    साथै जनता प्रत्यक्ष सम्पर्कमा आफुहरु कुनै पनि किसिमका आइलाग्ने तथा आउने सक्ने समस्याहरुको सामना गर्न आफु र जनप्रतिनिधिहरु सधै तयार भएर आफ्नो कार्यप्रती प्रतिबद्ध भएर लाग्ने उहाँले बताउनु भयो।

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै